Economy News

test

संचयकोष ५९ औं वर्षमा प्रवेश, सूचना तथा प्रविधिमा फड्को

काठमाडौँ – कोरोनाकै बीच कर्जा सापटीदेखि कर्जा ब्याज तथा किस्ता अनलाइनबाटै भुक्तान गर्ने सक्ने सेवा प्रदान गर्दै आएको कर्मचारी सञ्चयकोष आज ५९ औं वर्षमा प्रवेश गर्दैछ । सम्पूर्ण सेवाहरूलाई डिजिटलाइज गर्दै कागजविहीन बनाउने अभियान स्वरुप कोष अगाडि बढेको कोषका प्रशासक तुलसीप्रसाद गौतमले बताए ।यो सँगै डिजिटल प्रविधिमा आवद्ध भएसँगै सामान्य कामका लागि कोषको कार्यालयमै पुग्नुपर्ने अवस्था हटेको छ । कोरोना अघिसम्म कुनै पनि सञ्चयकर्ताले सानो कामको लागि पनि कोषको कार्यालय पुग्नुपर्ने अवस्था थियो । कोषले यो अवसरमा बुधबार नेपालकै सबैभन्दा आधुनिक डाटा सेन्टरको शुभारम्भ गरेको छ । कोषको डाटा सेन्टर यसभन्दा अगाडि कर्मचारी सञ्चयकोषको भवन ठमेलमा राखिएको थियो । ठमेलबाट पुल्चोकमा सार्ने क्रममा अत्यन्तै सुरक्षित, ठूलो र स्वचालित डाटा सेन्टर तयार भएको छ । कोषले यस वर्ष सबैभन्दा धेरै सूचना तथा प्रविधिको क्षेत्रमा फड्को मारेको छ ।साथै कोषले आफ्ना सञ्चयकर्तालाई देशका विभिन्न स्थानमा आवास सुविधा उपलब्ध गराउने भएको छ । आफ्ना सञ्चयकर्तालाई आवसको सुविधा दिन कोषले देशका विभिन्न स्थानमा आवास निर्माण कार्यलाई अघि बढाउन लागेको छ । यसका साथै कर्मचारी सञ्चयकोषले सुन्धरास्थित काठमाडौं महललाई ‘रिनोभेट’ गर्ने भएको छ । कोषले उक्त भवनको दक्षिणपट्टीको साइटमा पारदर्शी लिफ्ट रोखेर महलको माथिल्लो तलमा जान मिल्ने बनाउन लागेको हो । कोषका प्रशासक गौतमले काठमाडौं महलबाट धरहरा राम्रोसँग अवलोकन गर्न मिल्ने गरी महलको ‘रिनोभेट’ गर्न लागिएको बताए ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us