राष्ट्र बैंकले लुघवित्तको ब्याजदरमा लगाएको क्यापले समस्या
काठमाडौँ – नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लगाएको लघुवित्त संस्थाहरुको ब्याजदरमाथिको क्यापले व्यवसायमा समस्या पर्ने संबन्धीत सरोकारवालाहरुले बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार समाज सेजन र माइक्रोफाइनान्स एशोसियशन अफ नेपाल म्यानले संयुक्त रुपमा आयोजना गरेको लुघवित्त क्षेत्रका अवसर र चुनौती विषयक वेविनास कार्यक्रममा बोल्दै लघुवित्त क्षेत्रका सरोकारवालाहरुले यस्तो बताएका हुन् । सो कार्यक्रममा बोल्दै अर्थविद केशव आचार्यले लघवित्त बढी व्याज नलिएको भन्ने गलत भ्रम सृजना भएको बताए ।
त्यो भ्रमलाई लगानीकर्ताले चिर्न‘पर्ने बताए । लघुवित्तसंस्थाहरुलाई बैंक,सहकारी लगायतका स।स्थाहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले यस्तो अवस्था आएको हो । त्यसा साथै नेपाल राष्ट्र बैंकको नीतिले पनि लघवित्त क्षेत्रमा विकृति ल्याएको बताए । राष्ट्र बैंकले वाणिज्य बैंक ,विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि लघुवित्त संस्थाहरुले दिने सेवा दिने व्यवस्था गरेकाले पनि लघुवित्त संस्थाहरुको सस्कृति ध्वस्त भएको बताए । त्यसैगरी,लघुवित्त क्षेत्र र अहिलेको अवस्थाबारेमा लघुवित्त विश्लेषक डा।भरत थापाले कार्यपत्र पश्त ुगरे । सो कार्यपत्रमा लघुवित्त क्षेत्रले महिलाहरुको आर्थिक उन्नति र शक्तिकरणमा महत्वपूर्ण भूमिका खेलेको बताए । त्यसका साथै धनी र गरिबको खाँडललाई कम गर्न समेत महत्वपूर्ण भूमिका रहेको उनले बताए । त्यस्तै,मानव अधिकारको क्षेत्रमा जनचेतना बढाउने ,सामाजिक विचार विमर्श लगायतमा महत्वपूर्ण भूमिका खेलेको डा। थापको भनाई थियो । त्यस्तै, लघुवित्त क्षेत्रले बालबालिकाहरुको शिक्षा,स्वाथ्यमा समेत महत्वपूर्णका भूमिका खेलेको डा। थापाको भनाई छ । यस क्षेत्रले निक्षेप संकलन कर्जा लगानीका साथै ठुलो क्षेत्रलाई रोजगारी दिएको समेत उल्लेख गरे । साथै उनका अनुसार पछिल्लो समय लघुवित्त क्षेत्रले क्यापिटल फण्डका साथै सदस्य पनि बढेको छ ।
त्यस्तै,कोरोना भाइरसका कारण मानिसहरुमा निराशा आएको सममेत उनले उल्लेख गरे । पछिल्लो समय डिजिटल कारोबारलाई बढवा दिइएको भएपनि अनलाई पेमेन्टमा ग्राहकहरु कन्फ्युजन भएको थापा बताउँछन् । कोरोनाको महामारीसँगै लघुवित्त क्षेत्रको व्यवसाय ओरालो लाग्न थालेको भन्दै ग्राहकलाई आकर्षित गर्न धेरै मेहनत गर्नुपर्ने देखिएको थापाको विश्वलेषण छ । मर्जका कारण कर्मचारी व्यवस्थापन पनि चुनौती पूर्ण भएको छ । ऋण तिर्ने क्षमता हँुदा हँुदै पनि नतिर्नेको संख्या थुप्रै रहेको उनको भनाई छ । डा. थापाका अनुसार यस क्षेत्रले स्वरोजगारका लागि दिगो रुपमा टिकाइ राख्नु निकै छ । नियामक निकाय नेपाल राष्ट्र बैंकको आखामा खाली नाफा मात्रै भएको र नाफा धेरै कमाउनउँछन् भन्ने भ्रम भएको विश्लेषक थापाले बताए । त्यसैगरी, लघुवित्त क्षेत्रका लागि फिँगो कल्चर पनि चुनौती भएको उनको भनाई छ । तर यस क्षेत्रमा संभावना पनि त्यस्तै भएको डा। थापाको भनाई छ । जसका कारण लघुवित्त क्षेत्रमा प्रशस्त मात्रामा कर्जाको माग बढिरहेको उनले बताए । यसले लघुवित्त क्षेत्रको व्यवसाय वृद्धि गर्न सहयोग गर्ने उनको दाबी थियो । त्यस्तै,उनले वैदेशिक रोजगारीबाट फर्केका युवाहरुले नेपालमै बसेर केही गर्नुपर्छ भन्ने मनसायका कारण कर्जाको माग बढेको बताए । त्यहाँबाट आएका कामदारले शीप ल्याउँछन् भन्ने कारणले पनि कर्जाको मागमा वृद्धि भएको थापाको विश्लेषण छ ।त्यस्तै,नियामक निकायले थालेको मर्जर तथा एक्विजिशनको निितले संस्थालाई बलियो बनाउने उनको भनाई थियो ।
उनका अनुसार डिजिटल फाइनान्समा जाँदा वित्तीय पहुँचका साथै व्यवसाय बढाउन सकिनेछ । राष्ट्र बैंकले विदेशबाट लोन लिने सक्ने व्यवस्था गरेको छ । त्यसैले कारोबारले विश्वास जित्न सके लघुवित्त क्षेत्रमा संभावना धेरै रहेको उनको बुझाई छ । त्यसैगरी,सो कार्यक्रममा बोल्दै लघुवित्त बैंकर्सं संघका अध्यक्षबसन्त लम्सालले लघुवित्त संस्थाहरुलाई धेरै प्रकारका चार्जहरु लगाइने गरेकोप्रति गुनासो गरे । लघुवित्त संस्थाहरुलाई ब्याजदर बढी लिएको भन्ने आरोप लाग्ने गरेको भन्दै यस क्षेत्रको लागत नै बढी भएको अध्यक्ष लम्सालले स्पष्ट पारे । विगतका वर्षहरुमा १३÷१४ प्रतिशतसम्म ऋण ल्याउने र १८ प्रतिशतमा लगानी गर्दा महँगो भन्ने गरेको भन्दै गुनासो गरे । घरघरमा गएर सेवा दिँदा महँगो हुनु स्वभाविक भएको अध्यक्ष लम्सालको भनाई छ । त्यस्तै,नियामक निकायले समेत नाफा धेरै ग¥यो भनेपछि दुखी तुल्याएको उनले बताए । वित्तीय क्षेत्रमा पु¥याएको योगदानको कदर नभएको भन्दै उनले चिन्ता व्यक्त गरे । त्यस्तै,कुनै एउटा घटना विशेषलाई लिएर मिडियाले गलत प्रचारप्रसार नगर्न पनि अध्यक्ष लम्सालले अनुरोध गरेका छन् ।
त्यस्तै,अध्यक्ष लम्सालका अनुसार राष्ट्र बैंकले ल्याएको नीतिले व्यवसाय बढाउन सक्ने व्यवस्था गरेको छ । १५ प्रतिशत ब्याजदरमा क्याप लगाएको छ । त्यसले समस्या निम्त्याउने उनले बताए । प्रोभिजनिङका कारण कसरी काउन्ट गर्ने भन्ने चुनौतीको विषय भएको उनको भनाई थियो । त्यसैगरी,सातै प्रदेशका म्यानका अध्यक्षहरुले समेत लुघवित्त क्षेत्रको अवसर र चुनौतीका बारेमा मन्तब्य राखेका थिए । सपोर्ट मायक्रोफाइनान्सका अध्यक्ष प्रदीप अधिकारी,विश्वमित्र श्रेष्ठ,एग्रो नेपालका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर कँुवर,सत्यदेव राउत,रामबहादुर यादब लगायतका लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुले मन्तब्य राखेका थिए । त्यस्तै,ग्रमिण स्वाभलम्भन लघुवित्त संस्थाका दिलिप पोखरेलले पनि मनतब्य राखेका थिए । कार्यक्रममा बोल्ने अधिकांश लघुवित्त संस्थाहरुका प्रमुख कार्यकारी अधिकृतहरुले राष्ट्र बैंकले ब्याजदरमा लगाएको १५ प्रतिशत क्यापले समस्या निम्त्याएको बताएका छन् ।
