Economy News

test

हुन्डाइको दशै तिहार योजनामा आकर्षक छुट

काठमाडौँ – लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. हुन्डाई अटोमोवाइल्स नेपालको आधिकारीक विक्रेताले ग्राहकहरु माझ “यसपालिको दशै तिहार ” WELCOME TO HYUNDAI PARIWAR” योजना ल्याएको छ । यो योजनाको अवधि यहि असोज ५ देखी मंसिर ५, २०७७ सम्म लागु हुनेछ । यो योजना दशैं, तिहार र छठ उत्सव मनाउने लक्ष्यसहित ल्याइएको हो ।

यस योजना अन्तर्गत, ग्राहकहरुले आकर्षक नगद छुटका साथै स्क्रयाच कार्ड मार्फत थप रु. १ लाख सम्मको नगद छुट पाउन सक्नेछन् । त्यसैगरी बम्पर उपहार अन्तर्गत लक्की–ड्र मार्फत हुन्डाई Aura १ थान र हुन्डाई Grand i10 NIOS १ थान जित्न सक्नेछन् । त्यसका साथै ग्राहकहरुले १ वर्ष निःशुल्क वीमा पनि पाउनेछन् । लक्ष्मी इन्टरकन्टिनेन्टलले यस कठिन समयमा स्वास्थ्यकर्मीहरूको समर्पण र अथक सेवालाई ध्यानमा राखी उहाँहरुलाई सम्मान स्वरुप “विशेष प्याकेज“ दिने निर्णय पनि गरेको छ ।लक्ष्मी इन्टरकन्टिनेन्टलप्रा.लि.ले नेपाल भरी १३ शोरुमहरु, तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमावाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडौँ ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ । सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङ, र १ बर्ष निःशुल्क सवारी कर भुक्तानी सहित स्वामित्व हस्तान्तरणका साथ उपलब्ध हुन्छन् ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us