Economy News

test

सामसङ चाडपर्वको मौसममा‘जोड्दै खुसी, सजाऔं जिन्दगी’ अफर बजारमा

काठमाडौं – विश्वमा लोकप्रिय इलेक्ट्रोनिक्स् ब्राण्डका रुपमा स्थापित सामसङले ‘जोड्दै खुसी, सजाऔं जिन्दगी’ फेस्टिभ अफर नेपाली बजारमा ल्याएको छ । वर्तमान अवस्थालाई मध्यनजर गर्दैे सामसङका उत्पादनहरुले आफ्ना ग्राहकहरुको घर र परिवारमा खुसी सजाउन, सामसङले यस अफर प्रस्तुत गरेको हो । यस ‘जोड्दै खुसी, सजाऔं जिन्दगी’ अफर अन्तर्गत सामसङका कन्जुमर इलेक्ट्रोनिक्स् उत्पादनहरुमा अधिकतम ३५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिन्छ । यस ३५ प्रतिशतसम्मको छुट ग्लोबल नं १ सामसङ टिभि, रेफ्रिजेरेटर र वासिङ्ग मेसिनको खरिदमा लागू हुनेछ ।बदलिंदो परिस्थितिलाई मध्यनजर गर्दै सामसङ प्लाजाको आधिकारिक वेभसाइटबाट पनि सामसङका उत्पादनहरु खरिद गर्ने वैकल्पिक सुविधा पनि ग्राहकहरुलाई प्रदान गरिएको छ । सामसङले टिभिहरुमा २ वर्ष (१ वर्ष फूल प्रोडक्ट वारेन्ट र थप १ वर्ष प्यानलमा) को वारेन्टि प्रदान गरेको छ । त्यस्तै डिजिटल इन्भर्टर टेक्नोलोजिमा १० वर्षको वारेन्टी रहेको छ । निश्चित आउटलेटहरुबाट सहज किस्ताबन्दी तथा निश्चित सामानहरु निःशुल्क जडान गरिदिने सुविधा पनि रहेको छ । सामसङ सम्पूर्ण आदरणीय उपभोक्ताहरुलाई चाडपर्वहरु सुरक्षित रहेर मनाउनु हुन अनुरोध गरेको छ । यो फेस्टिभ अफर आश्विन १ गतेदेखि कात्र्तिक ३० गतेसम्म नेपाल अधिराज्यभर सामसङका आधिकारिक डिस्ट्रीब्युटर हिम इलेक्ट्रोनिक्स् प्रा.लि.र त्रिवेणी ब्यापार प्रा.लि. द्वारा आफ्ना डिलरहरु मार्फत लागू गरिएको छ ।

सामसङ इलेक्ट्रोनिक्स् कम्पनी लि. को बारेमा
सामसङ इलेक्ट्रोनिक्स् कम्पनी लि. विश्वमा आमूल परिवर्तन ल्याउने आइडिया तथा इन्नोभेसन मार्पmत् नवीन र टेक्नोलोजी–सम्पन्न भविष्यको निर्माण गर्न प्रतिबद्ध छ । कम्पनीले टिभी, स्मार्टफोन, वेरेबल डिभाइसेस, ट्याब्लेट, क्यामेरा, डिजिटल एप्लाएन्सेस, प्रिन्टर, मेडिकल इक्वीप्मेन्ट, नेटवर्क सिस्टम,सेमिकन्डक्टर तथा एलइडी सोल्यूसन्स्को क्षेत्रहरुलाई नयाँ परिभाषा दिँदै आएको छ ।

सामसङ सम्बन्धी जानकारी तथा अपडेट्सका लागि news.samsung.com मा सामसङ न्यूजरुम हेर्नुहोला ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us