Economy News

test

अजोड इन्स्योरेन्सको आईपीओ बाँडफाँड,कस्लाई कती पर्‍यो

काठमाडौं – अजोड इन्स्योरेन्सले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। कम्पनीले असार २५ गतेदेखि सर्वसाधारणको लागि निष्काशन गरेको २७ लाख ३० हजार कित्ता शेयर आज ९साउन २ गते० बाँडफाँड भएको हो। कम्पनीको आईपीओमा ४ लाख ८४ हजार ४९८ वटा योग्य आवेदनबाट एक करोड ७२ लाख १५ हजार ४९० कित्ता शेयर माग भएको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ।त्यसमध्ये, गोलाप्रथाका आधारमा २ लाख ७३ हजार जनाले मात्रै १० कित्ताका दरले शेयर पाएका छन्। बाँकी २ लाख ११ हजार ४९८ जना अर्थात कुल आवेदकको ४३.६५ प्रतिशतले शेयर पाएनन्। क्यापिटलका अनुसार आईपीओमा ५ लाख २ हजार २९८ वटा आवेदन परेकोमध्ये ८१३ वटा आवेदन रद्द भएका छन्। कम्पनीले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ असार २५ गते बिहिबारदेखि बिक्री खुला गरेको थियो। त्यसमध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्टाइएको थियो।बाँकी रहको २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्री खुल्ला गरेको थियो। आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब पुग्नेछ। त्यसमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर हिस्सा हुनेछ।

 

सम्बन्धित समाचार

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us