Economy News

test

सुजुकीको दशै तिहार योजना अफर प्रारम्भ

काठमाडौँ – सुजुकी कम्पनिको मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भी.जी. अटोमोवाईल्स प्रा.ली. ले आउँदै गरेको वडा दशै, शुभदिपावली तथा छठ पर्व लाई लक्षित गरि आफ्ना ग्राहकवर्गहरुका लागि सुजुकी दशै तिहार अफर प्रारम्भ गरेको छ । चाड पर्व सबैको हौसला हाम्रो भन्ने नारा लिएको यस अफर अन्तर्गत ग्राहकवर्गहरुले सुजुकी कम्पनीका कुनै पनि मोटरसाईकल तथा स्कुटर खरिद गर्दा तत्काल रु १२,००० नगद छुट तथा १ वर्षको सडक दस्तुर प्राप्त गर्ने छन् साथै एक्सचेन्ज र सरल फाईनान्सको सुबिधा पनि उपलब्ध गराएको छ ।हाल देशको विसम परिस्थितिमा सुजुकीले आफ्ना ग्राहकवर्गहरुलाई सजक र सुरक्षित रहि चाड पर्व मनाउन र सुजुकी दशै तिहार अफरको फाईदा लिन आह्वान गरेकोछ । सुजुकी दशै तिहार अफरले ग्राहकवर्गहरुको मन जित्ने कुरामा कम्पनी निश्चिन्त छ । सुजुकी कम्पनीको विभिन्न नविनतम मोडल र डिजाईनहरुको मोटरसाईकल तथा स्कुटरले ग्राहकवर्गहरुको मन जित्न सफल अवस्थामा यस योजनाले ग्राहकवर्गहरु थप उत्साहित हुने कम्पनिका मार्केटिङ्ग म्यानेजर समित सिंह बताउनु हुन्छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us