आर्थिक स्वतन्त्रताको अवस्था सामान्य सुधार
काठमाडौं ।नेपालमा आर्थिक स्वतन्त्रताको अवस्थामा सामान्य सुधार देखिएको छ । ग्लोबल इकोनोमिक फ्रिडम २०२० वार्षिक प्रतिवेदनअनुसार नेपालले आर्थिक स्वतन्त्रतामा गत वर्षको तुलनामा एक स्थान सुधार गरेको छ ।कुल १६२ मुलुक सहभागी रहेको यो सूचीमा नेपाल १ सय ९ स्थानमा रहेको छ । क्यानडाको फ्रेजर इस्टिच्यूटसँगको सहकार्यमा समृद्धि फाउण्डेसनले सार्वजनिक गरेको विश्वव्यापी प्रतिवेदन अनुसार नेपाल आर्थिक स्वतन्त्रता सूचीमा उक स्थान सुधार गर्न सफल भएको पाइएको छ ।प्रतिवेदन अनुसार सरकारको आकारका नेपालको स्थान तल झरेको छ । गत वर्ष यो सूचकमा ६.९२ अंक प्राप्त गरेको नेपालले यो वर्ष भने ७।२ अंक प्राप्त गरेको छ । कानूनी प्रणाली र सम्पत्तिको अधिकारमा नेपालको अंक सामान्य सुधार भएको छ । गत वर्ष नेपालको स्थान १ सय १० रहेको थियो । समृद्धिले विगत डेढ दशकदेखि नेपालमा यो प्रतिवेदन सार्वजनिक गर्दै आएको छ ।
