Economy News

test

के के हुन्छन् प्रधानमन्त्रीको विशिष्ट आर्थिक सल्लाहकार खतिवडाका तलब–सुविधा ?

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवाडलाई विशिष्ट आर्थिक सल्लाहकारमा नियुक्त गरेका छन् ।  मन्त्रिपरिषद्को सोमबार बसेको  बैठकले खतिवडालाई ओलीको प्रमुख आर्थिक सल्लाहाकार बनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बताए ।

डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार मन्त्री स्तरीय सुविधा पाउने गरी नियुक्त गर्ने निर्णय गरिएको छ’, सरकारका प्रवक्ता ज्ञवालीले भने ।डा. खतिवडाले केही दिनअघि मन्त्री पदबाट राजीनामा दिएका हुन् । राष्ट्रियसभामा दुई वर्षका लागि मनोनित भएका खतिवडाको समय सकिएपछि उनी ६ महिना गैर सांसदको रुपमा मन्त्री बनेका थिए ।सरकारले रिक्त राष्ट्रियसभाको एक सिटमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० उपाध्यक्ष वामदेव गौतमलाई मनोनित गर्ने निर्णय गरेपछि खतिवडाले मन्त्री पदबाट राजीनामा दिएका थिए ।\खतिवडाको सेवा सुविधा र तलव अन्य मन्त्रीसरह नै हुने उनले बताए ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us