Economy News

test

आन्तरिक उडानमा ५० प्रतिशतमात्रै यात्रु राख्‍नुपर्ने नियम हट्यो

काठमाडौँ —आन्तरिक उडान गर्ने वायुसेवाले सोमबारदेखि जहाजको यात्रु क्षमताअनुसार पुरै सिट भर्न पाउने भएका छन् । आन्तरिक उडानमा सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु राख्नुपर्ने नियम बनाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तीन दिनमै पछि हटेको छ । मन्त्रालयले शुक्रबार यसबारे निर्णय गर्दै नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाएको छ ।

पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको बैठकले बुधबार तोकिएको ‘आन्तरिक उडानमा सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु राखेर उड्नुपर्ने नियम’ हटाउने निर्णय गरेको हो । यो नियम सार्वजनिक भएपछि आपत्ति जनाउदै आन्तरिक वायुसेवा संचालक संघमा आबद्ध निजी वायुसेवाले मन्त्रिपरिषद्ले तोकेको दिन असोज १ गतेदेखि उडान गरेनन् । उनीहरुले पर्यटन मन्त्री भट्टराईसहित सचिव केदारबहादुर अधिकारी र नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाई उडान नगर्ने निर्णय गरेका थिए ।

‘सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु उडाउने नियमबाट मन्त्रालय पछि हटेको छ,’ वायुसेवा संचालक संघका प्रथम उपाध्यक्ष अनुज रिमालले कान्तिपुरसँग भने । तर, वायुसेवाहरुले अहिले सबै सेक्टरमा लकडाउनअघि जस्तो उडान गर्न पाउने छैनन् । मन्त्रालयले प्राधिकरणलाई लकडाउनअघिको बजार हिस्साका आधारमा वायुसेवाहरुलाई २५ प्रतिशत उडान हुने गरी उडान तालिका स्वीकृत गर्न निर्देशन दिएको छ ।

आन्तरिक उडानबाट यात्रा गर्ने यात्रुले आफू स्वस्थ रहेको हेल्थ डिक्लेरेसन फाराम अनिवार्य भर्नु पर्ने छ । मन्त्रालयले आन्तरिक उडानको माग र औचित्य हेरि अक्टोबर १ (असोज १५ गते) तारिखपछि उडान तालिका थप गर्न निर्देशन दिएको छ ।

यसैबीच संघका अध्यक्ष रामेश्वर थापाले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारले तोकेका स्वास्थ्यसम्बन्धी नियमपूर्ण परिपालना गर्दै ६ महिनादेखि बन्द आन्तरिक नियमित उडान सोमबारदेखि उडान सुचारु गर्ने जनाएका छन् ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us