तीन दिनमै १४ अर्ब बढी राजश्व संकलन
काठमाडौं – सरकारले तीन दिनमै १४ अर्ब रुपैयाँ बढी राजश्व संकलन गरेको छ । निषेधाज्ञाबीच मै राजश्व संकलनका लागि बैंकका शाखा तथा काउन्टर खुला राख्न निर्देशन दिएरै सरकारले तीन दिनमा १४ अर्ब १ करोड १६ लाख रुपैयाँ राजश्व संकलन गरेको हो ।महालेखा नियन्त्रक कार्यालयका अनुसार गत सोमबार कुल राजश्व संकलन ८१ अर्ब ६६ करोड ६४ लाख रुपैयाँ रहेको थियो । सोमबार नेपाल राष्ट्र बैंकले राजश्व संकलन गर्नका लागि भन्दै मंगलबार, बुधबार र बिहीबार बैंकका सबै शाखा तथा काउन्टर खुला राख्न निर्देशन दिएको थियो । उक्त तीन दिनमै राजश्व संकलन १४ अर्ब रुपैयाँ बढीले वृद्धि हुँदै ९५ अर्ब ६७ करोड ८० लाख रुपैयाँ संकलन भएको छ । उक्त राजश्व १४ अर्ब १ करोड १६ लाख रुपैयाँले बढी हो ।
