Banking News

test

अब दशैंको दक्षिणा डिजिटलमाध्यम बाट !

काठमाडौँ – दशैं नजिकिदै जाँदा नयाँ नोटको चर्चा शुरु भएको छ । कोभिड महामारी कै बीच आएको दशैंका लागि नयाँ नोट साटने कि नसाट्ने दोधारमा राष्ट्र बैंक परेको छ । विशेषतः कोभिडका बेला डिजिटल कारोबारलाई प्राथमिकता दिएको राष्ट्र बैंकले डिटिलट माध्यमबाट दशैंको टिकाको दक्षिणा दिनेलाई प्रोत्साहन गर्ने योजना अघि सारेको छ ।कोभिडपछि बैंकहरूले दिने एटीएमजस्ता विभिन्न सेवामा शुल्क लिन नपाउने व्यवस्थाका कारण बैंकहरू इन्सेन्टिभ दिन सक्ने अवस्थामा छैनन् र उनीहरूलाई दिन लगाउन पनि नहुने राष्ट्रले भनाइ छ । राष्ट्र बैंकले नोट छपाइमा लाग्ने खर्चको केही हिस्सा यस्ता क्रियाकलापमा लगाउन सके डिजिटल कारोबार गर्ने बढ्ने विश्वास बैंकको हो । मोबाइलबाट दक्षिणा दिनेलाई राष्ट्र बैंकले यति इन्सेन्टिभ दिन्छौं भनेर सीमा तोकिदिने हो भने डिजिटल कारोबार बढ्ने छ । सीमा तोकेर बोनस दिने व्यवस्था मिलाउन सके राम्रो हुने राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्न दशैंमा नयाँ नोट साट्नुको विकल्पमा मोबाइलबाट दक्षिणा दिने व्यवस्था मिलाउन सके राम्रो कस्तो प्रभाव रहन्छ भन्ने आर्थिकन्युजको प्रश्नमा उनले डिजिटल कारोबार बढाउने यो उत्तम उपाय हुन सक्ने बताए । मोबाइलबाट दक्षिणा दिनेलाई प्रोत्साहन स्वरुप सहुलियत दिन सके एकातिर कोभिडको जोखिम कम हुने र अर्कोतिर मोबाइल प्रयोगकर्ता पनि बढ्ने सोच राष्ट्र बैंकले लिएको हो । डिजिटलमाध्यमबाट कारोबार गर्दा पैसाको प्रयोग कम हुन्छ । यसले पैसा छाप्ने खर्च समेत कटौती गर्छ ।

एक डिनोमेशनमा करिब ६ देखि साढे ६ अर्ब नोट छाप्न खर्च हुन्छ । राष्ट्र बैंकसँग ७ वटा डिनोमेशनका नोट छन् । एउटा डिनोमेशन ३० करोड वटा छाप्दा करिब एक अर्ब खर्च हुन्छ । राष्ट्र बैंकले एउटा डिनोमेशनको साइकल सवा ३ वर्षमा पुरा हुने गरी कार्यतालिका बनाएको छ । नोट छापेर बजारमा पैसा पुर्याउने जिम्मा राष्ट्र बैंकको हो । त्यहि नोट छाप्दा लाग्ने खर्च जोगाएर सहुलियत दिने व्यवस्था राष्ट्रले लिन सके यसको प्रयोग विस्तारै बढ्दै जाने विश्वास राष्ट्र बैंकले लिएको छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us