Banking News

test

स्थिर ब्याजदर कार्यान्वयन असोजभित्र गर्न राष्ट्र बैंकको निर्देशन, अव घर र गाडी किन्न सहज (पत्रसहित)

काठमाडौं ।नेपाल राष्ट्र बैंकले असोज महिनाभित्रै स्थिर ब्याजदरको व्यवस्था कार्यान्वयन गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएको छ । असोज महिनामै स्थिर ब्याजदर सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएको हो ।यो व्यवस्थासँगै अब घर र गाडी खरिद कर्ताहरुले ब्याजदर बढिरहने झण्झटबाट मुक्ति पाएका छन् । अब आवधिक प्रकृतिको यस्ता कर्जा लिनेहरूका लागि सुरुमै स्थिर ब्याजदर तोकिने छ । कात्तिक महिनाबाट भने ऋणीहरूले स्थिर ब्याजदरमा कर्जा प्राप्त गर्न सक्नेछन् । बैंक तथा वित्तिय संस्था त्यस्तो कर्जाको ब्याजदर दर नेपाली महिनाको मसान्त अवधिमा प्रकाशित गर्नुपर्छ ।

राष्ट्र बैंक नियमन विभागका प्रमुख देव कुमार ढकालले बुधबार इजाजत प्राप्त सबै बैंक तथा वित्तीय संस्थालाई ब्याजदर कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । राष्ट्र बैंकले भदौ २८ गते चालु आर्थिक वर्षको मौद्रिक नीतिको एकीकृत निर्देशन जारी गर्दै भदौ व्यक्तिगत प्रकृतिका आवधिक आवास तथा सवारी साधन कर्जाहरुका हकमा स्थिर ब्याजदर कायम गर्नुपर्ने व्यवस्था गरेको थियो । अब सो व्यवस्था असोज मसान्तभित्रै लागु हुनेछ र ऋणीहरुले स्थिर ब्याजदरमा कर्जा प्राप्त गर्न सक्नेछन् ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us