Banking News

test

राष्ट्र बैंकद्वारा डेढ अर्ब बराबरको संस्थागत निक्षेप लगानीको आह्वान

काठमाडौं नेपाल राष्ट्र बैकले बैंकिङ प्रणालीमा पुुनः एक अर्ब ५० करोड रुपैयाँबराबरको संस्थागत निक्षेप राख्ने भएको राष्ट्र बैंकका अनुसार बैंकमा पेन्सन तथा उपदान कोषमा रहेको रकम दुुई सय ९१ दिने मुुद्दती निक्षेपको रुपमा २०७७ असोज गतेदेखि वि.सं. २०७८ असार २० गतेसम्मको लागि उक्त परिमाणमा रकम राख्न लागिएको हो

यसरी मुुद्दती निक्षेपको रुपमा राखिने कुुल रकममध्येमा २७ वटा वाणिज्य बैंकहरुको लागि एक अर्ब २० करोड, क्षेत्रीय तथा राष्ट्रियस्तरको विकास बैंकको लागि २२ करोड ५० लाख २२ वटा फाइनान्स कम्पनीहरुको लागि सात करोड ५० लाख रुपैयाँ छुुट्याइएको राष्ट्र बैंकका अनुसार रकम लगानी गर्न चाहने इच्छुुक तथा फाइनान्स कम्पनीहरुले यही भदौ २३ गते अपराह्न बजेसम्म नेपाल राष्ट्र बैंकमा आफूले लगानी गर्न चाहेको रकम उक्त रकममा दिन चाहेको ब्याज समेत उल्लेख गरेर आवेदन दिनुुपर्नेछ

राष्ट्र बैंकका अनुसार रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाइनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको, तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा (एनपीए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी हुुनुुपर्ने प्रावधानहरु तोकिएका छन्

यसैगरी कर्जा तथा स्वदेशी निक्षेप प्राथमिक पुँजी अनुपात यस बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरिसकेको, निकटतम अघिल्लो आवमा सञ्चालन मुनाफा (व्यवस्थापछि)मा रहेको, लगानी गरिने बैंकको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक बैंकमा नरहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए, फुकुवा भएको कम्तीमा महिना पूरा भएको, लगानी गरिने बैंक नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको तथा समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको महिना अवधि पूरा भएको एवं रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुुुनुपर्ने प्रावधानहरु तोकिएका छन्

नेपाल राष्ट्र बैंकले आगामी सोमबार १४ अर्ब २६ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको राष्ट्र बैंकका अनुसार उक्त दिन अपराह्न बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो जारी मिति भदौ २३ तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन्

बिक्री गरिने कुुल ट्रेजरीमध्ये ९१ दिने अवधिको १२ अर्ब २६ करोड तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँको रहेको राष्ट्र बैंकका अनुसार सोमध्ये ९१ दिने अवधिको परिपक्व हुुने अवधि २०७७ मंसिर २३ गते तोकिएको भने तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७८ भदौ २२ गते तोकिएको यसअघि यही भदौ १५ गते पनि राष्ट्र बैंकले तीन अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो उक्त ट्रेजरीको परिपक्व हुुने अवधि भने ९१ दिन तोकिएको थियो

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us