Banking News

test

सिटिजन्स बैंकको अगुवाईमा डाउन पिलुवा खोला जलविद्युतको लगानी जुट्यो

काठमाडौं सिटिजन्स बैंकको अगुवाईमा संखुवासभाको धर्मदेवी चैनपुर नगरपालिकास्थित साढे नौ मेगावाटको डाउन पिलुवा खोला जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटेको छ। सिटिजन्स बैंकको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट बैंक प्रभु बैंकले सहवित्तियकरण मार्फत परियोजनाका लागि एक अर्ब ३२ करोड रुपैयाँ लगानी जुटेको

परियोजनाको अनुमानित लागत करीब एक अर्ब ८९ करोड ४० लाख रुपैयाँ छ। बैंकहरुले ७०ः३० को ऋणःस्वपुँजी अनुपातमा एक अर्ब ३२ करोड रुपैयाँ बराबरको ऋण लगानी गर्न लागेका हुन्। यसमध्ये, सिटिजन्स बैंकले। ६५ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकले ४२ करोड प्रभु बैंकले २५ करोड रुपैयाँ लगानी गर्न लागेका हुन्। ३० प्रतिशत रकम प्रवद्र्धकले जुटाउने बैंकले जारी प्रेस विज्ञप्तीमा उल्लेख छ।

कम्पनीले आयोजना साढे दुई बर्ष भित्र निर्माण सम्पन्न गरी संचालनमा ल्याउने लक्ष्य राखेको निर्माण सम्पन्न भएपछि उत्पादित विजुली नेपाल विद्युत प्राधिकरणको चैनपुर बानेश्वरस्थित सबस्टेशनमा जोडिने आयोजनाबाट बार्षिक ५७.६८५ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ। कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ५० गिगावाट घन्टा वर्खामा .६८५ गिगावाट घन्टा विद्युत उत्पादन हुन्छ।

सम्झौता कार्यक्रममा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले कोरोना भाइरसका कारण सिर्जित कठीन समयमा पनि परियोजनाको वित्तिय व्यवस्थापन समापन गर्नु ठूलो उपलब्धी रहेको बताए उनले सहभागी सबै बैंकलाई आभार व्यक्त गर्दै प्रवद्र्धकलाई थप उत्साहका साथ कार्य अगाडि बढाउन अनुरोध समेत गरे। कम्पनीका कार्यकारी निर्देशक सुभाष अमात्यले सबै बैंकलाई विशेष धन्यवाद दिदैं आयोजनाको निर्माण कार्यमा राम्रो प्रगति हासिल गरिसकेको जानकारी दिए।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us