Banking News

test

राष्ट्र बैंकको स्थिर ब्याजदर नीतिमा बैंकरहरुको असन्तुष्टी

काठमाडौं ।राष्ट्र बैंकले ल्याएको स्थिर ब्याजदर नीतिप्रति नेपाल बैंकर्स संघले असन्तुष्टि जनाएको छ । एकीकृत निर्देशनको विषयवस्तुमाथि छलफलको क्रममा नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले स्थिर ब्याजदर नीति लागूू गर्ने क्षमता नेपालका बैंकहरुसँग नभएको बताएका हुन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ (एक्यान) ले आयोजना गरेको छलफलमा दाहालले यो व्यवस्थाले वित्तीय क्षेत्रमा असन्तुलन हुनसक्ने भन्दै यसलाई राष्ट्र बैंक र बैंकहरु बसेर छलफल गर्नुपर्ने माग समेत गरे ।

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशनमाथिको संशोधन गर्दै मंगलबार  विभिन्न व्यवस्था लागूू गरेको थियो । कुल ७३ पेज र १९८ बुँदामा समेटिएको उक्त संशोधनमा बैंक तथा वित्तीय संस्थालाई प्रभाव पार्नेगरी ४० वटा भन्दा बढी व्यवस्था गरिएका छन् । त्यसमध्ये केही बुँदाहरु बैंकले बैंकलाई सहजता थप्नेगरी आएको छ भने केही विषय चाहिँ भाषागत त्रुटी सच्याउने र अस्पष्टता हटाउनेगरी आएको छ । यस्तै केही बुँदाले भने बैंकहरुको वित्तीय अवस्थामा ठूलै असर गर्ने बैंकरहरुको भनाइ छ ।

त्यसको जोखिम बैंकहरुले लिन सक्ने अवस्था नरहेको दाबी छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us