Banking News

test

माछापुच्छ्रे बैंक र सिद्धार्थ बिजनेश ग्रुपबीच सम्झौता

काठमाडौं – माछापुच्छ्रे बैंक र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी बीच बैंकका ग्राहकहरु लाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फ बाट नायब महाप्रबन्धक सर्जु कुमार थापा तथा सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरे।

अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी अन्तर्गतका देशका बिभिन्न स्थाहरुमा रहेका होटल, रेष्टुरेन्ट, रिर्सोट तथा क्याफेले प्रदान गर्ने सेवाहरुमा १० प्रतिशत सम्मको छुट पाउनेछन्। बैंककोे डेबिट र क्रेडिट कार्ड तथा बैंकबाट जारी भएका अन्य कुनैपनि प्रकारका कार्ड वाहकहरूले उक्त छुट प्राप्त गर्न सक्नेछन्।स्थापना काल देखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. पूर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराई सम्म आफ्ना १५९ वटा शाखाहरु, १३४ शाखा रहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पीओएस मार्फत बाट ग्राहकहरु लाई अत्याधुनिक प्रविधि सहित सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us