Banking News

test

निषेधाज्ञा हटेसँगै बढ्यो बैंकको ऋण लगानी, एकै हप्तामा ९ अर्ब ऋण र २१ अर्ब निक्षेप

काठमाडौं ।
छ महिना लामो लकडाउन र निशेधाज्ञा खुला भएसँगै बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी पनि बढेको छ । पछिल्लो एक सातामा मात्रै २७ वाणिज्य बैंकहरुले ९ अर्ब रुपैयाँभन्दा धेरै कर्जा लगानी गरेका छन् ।

नेपाल बैंकर्ष संघले  दिएको जानकारीअनुसार हालसम्म वाणिज्य बैंकहरुको २९ खर्ब १३ अर्ब रुपैयाँ ऋण लगानीमा रहेको छ । भदौ २६ सम्म यी बैंकहरुको ऋण लगानी २९ खर्ब ४ अर्ब रुपैयाँ थियो । असोज २ गतेसम्म आइपुग्दा ९ अर्ब रुपैयाँले बढेर २९ खर्ब १३ अर्ब रुपैयाँ पुगेको हो । भदौको तुलनतामा अब असोजमा लगानी बढ्ने संघको अनुमान छ । संघका अनुसार वाणिज्य बैंकहरुले निषेधाज्ञाकै बीचमा १९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । ‘क’ वर्गका बैंकहरुको साउन मसान्तसम्म २८ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा लगानीमा रहेको थियो ।

सोही अवधीमा २७ वाणिज्य बैंकहरुले २१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । २६ भदौसम्म ३५ खर्ब ९५ अर्ब रुपैयाँ रहेकोमा एक हप्तामा २१ अर्ब थपिएर २ असोजसम्म ३५ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ । यो ऋण लगानी नियमितभन्दा एकदमै कम हो । तर लकडाउनका बेला ठप्प रहेको ऋण लगानी विस्तारै सुधार हुँदै गएको छ । भदौं महिनामा निषेधाज्ञाकै बिचमा पनि दैनिक एक अर्ब हारहारीमा कर्जा लगानी भएको थियो ।

भदौं लागेपछिको १९ दिनमा भने कर्जा लगानी १९ अर्ब रुपैयाँले बढेर २८ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको संघले जनाएको छ । संघले उपलब्ध गराएको तथ्यांकअनुसार निक्षेपको तुलनामा कर्जा नै धेरै बढेको छ । १९ अर्ब कर्जा लगानी भएको अवधिमा निक्षेप भने १२ अर्ब रुपैयाँमात्रै जम्मा भएको संघले जनाएको छ ।

भदौ १ गतेभन्दा अगाडि बैंकहरुमा ३४ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । संघका अनुसार १९ दिनमा बढेर ३४ खर्ब ९१ अर्ब रुपैयाँ निक्षेप पुगेको छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us