प्रभु बैंकको ऋणपत्र बिक्री खुला
काठमाडौँ – आजदेखि प्रभु बैंकले ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो । २० लाख युनिट इकाई ऋणपत्र मध्ये ८ लाख युनिट सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ भने सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याएको छ ।सामूहिक लागानी कोषहरुले कुल ४० हजार इकाई पाउनेछन् । बाँकी १२ लाख इकाई भने बैंकहरुले आफ्नै पहलमा कर्पोरेट हाउस तथा अन्य संस्थाहरुलाई बेच्नेछ । यस ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर पाइनेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम ३ लाख इकाईसम्म साउन २३ गतेसम्म आवेदन दिन सकिनेछ ।
