देवः विकास बैंकको बोनस शेयर सूचीकृत
काठमाडौं। देवः विकास बैंकको ८ दशमलव ५५ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीले बोनस वापतको २७ लाख १६ हजार ४२१ दशमलव २९ कित्ता शेयर साउन ५ गते सोमवार सूचीकृत गराएको हो। सूचीकृत भएपनि लगानीकर्ताहरुको हितग्राही खातामा बोनस शेयर जम्मा भएपश्चात मात्र कारोबार गर्न सकिने छ।
