Economy News

test

नेप्सेमा समस्यै समस्या, पुँजी बजारको झण्डै २० खर्ब रुपैयाँ जोखिममा

काठमाडौं ।नेपाल स्टक एक्सचेन्जको सिस्टममा पटक—पटक समस्या आउँदा २० खर्बको पुँजी बजार जोखिमतिर धकेलिएको छ । अनलाइन प्रणाली सुरु भएदेखिनै सो प्रणालीमा समस्यै समस्या देखिएको छ । सेयर कारोबार अनलाइन प्रणालीबाटै गर्न सकिने व्यवस्था गरिएको आगामी कात्तिकमा २ वर्ष पुग्नेछ ।

नेप्सेको सिस्टममा समस्या आउँदा बिक्रीका लागि अर्डरमै नराखेको सेयर बिक्री हुने तथा मागभन्दा बढी खरिद हुने समस्या लगानीकर्ताले भोग्दै आएका छन् । जसका कारण लगानीकर्ताको सम्पत्ति जोखिममा परेको हो । अनलाइन प्रणाली सुरु गरेदेखि नै समस्या देखिएको नेप्सेमा हालसम्म कुनै सुधार हुन सकेको छैन । लगानीकर्ताहरु नेप्सेको निरिहता भएको बताउँछन् ।

इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले नेप्सेको संवेदनहीनताका कारण पटक पटक समस्या दोहोरिने गरेको बताए । लगानीकर्ताको सम्पत्ति जोखिममा पार्ने कदम नेप्सेबाट हुने गरेको उनको तर्क छ । कतिपय अवस्थामा समस्या देखाएर सीमित स्वार्थ समूहले भित्रभित्रै चलखेल गर्ने गरेको आरोप पनि छ ।

बजार सञ्चालन हुने भनेकै लगानीकर्ताले कारोबार गरेपछि हो, तर सिस्टममै समस्या आएपछि लगानीकर्ता कारोबारमा सहभागी हुन पाउँदैनन् । अहिले फेरि कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा समस्या देखिएको छ । आजै मात्र टीएमएसमा समस्या देखिएर सवा दुई बजेसम्म कारोबार स्थगित भयो । यद्यपि रोकिएको समय नेप्सेले थप भने गरेको छ ।

पछिल्लो सयम नेप्सेको पुरै सिस्टममा समस्या आउनेभन्दा पनि सीमित व्यक्तिको स्वार्थ पूरा गर्न समस्या देखाएर सेयर कारोबार गर्ने काम भैरहेको अर्का एक लगानीकर्ताको आरोप छ ।
कोभिड माहामारीका कारण अनलाइन सेवा लिनेहरु ८० हजारको हाराहारीमा पुगेका छन् । यसअघि १५ हजारले सेवा लिएका थिए । ‘८० हजारले अनलाइन सेवा लिँदा त जहिले पनि कुनै न कुनै समस्य खेप्नुपर्छ, १७ लाख डिम्याट लिएकाहरु अनलाइनमा आबद्ध भए के होला रु’ इन्भेष्टर फोरमका अध्यक्ष रौनियारको प्रश्न छ ।

सबै विषय नेप्सेले सल्ट्याउनुपर्ने हो तर उसले कुरै नसुनेपछि लगानीकर्ताले नियामक धितोपत्र बोर्डलाई गुहारेका छन् । त्यहाँबाट समस्या समाधान नभए अर्थमन्त्रालय सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै भेटेर समस्या समाधानमा कदम चाल्ने पक्षमा लगानीकर्ताहरु छन् ।

अध्यक्ष रौनियार भन्छन्, ‘नेप्सेले कुरा नसुनेपछि नियामकलाई भनेको छौँ । चाँडै समस्या समाधान गर्ने प्रतिवद्धता प्राप्त भएको छ । कहिले केवलमा पावर पुग्दैन । कहिले टीएमएसमा समस्या छ । अब सेबोन र अर्थमन्त्रालय मिलेर केही न केही गर्नेपर्छ । अर्थतन्त्रको ऐनलाई लात हान्नु भएन’।

२४ खर्ब पुँजीकरण भएको बजार कोरोना महामारीका कारण घटेर १६ खर्ब पुँजीरकणमा झरेको थियो तर पछिल्ला दिनमा सेयर बजारमा वृद्धि हुन थालेपछि बजार पुँजीकरण २० खर्ब पुगेको भनिन्छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us