Banking News

test

सिटिजन्स बैंकद्वारा बाल विकास समाजलाई आर्थिक सहयोग प्रदान

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनलले बाल विकास समाजलाई आर्थिक सहयोग गरेको छ । करिव २८ वर्ष देखि बाल अधिकारबाट वन्चित भएका नेपाली बालबालिकाहरुको विकाश गर्ने उदेश्यका साथ स्थापित बाल विकास समाजलाई बैंकले १ लाख ५० हजारको आर्थिक सहयोग उपलब्ध गराएको हो ।

बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रम बीच बैंकद्वारा सो संस्थालाई १ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । उक्त रकमबाट १५ जना गरीब तथा जेहन्दार बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भएको छ । बिगत ९ वर्षदेखि बैंकले आफ्नो वार्षिक कार्यतालिका अनुरुप सामाजिक रूपान्तरणका लागि कार्य गर्ने बाल विकास समाजलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । आगामी दिनहरुमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक,सांस्कृतिक,शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकले जानकारी दिएको छ । कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत प्रत्येक प्रदेश सरकार अन्तर्गत कोषमा ७ लाख रुपैयाँका दरले रु ४९ लाख तथा विभिन्न स्थानिय निकायमा खडा गरिएको कोषमा करिव रु ६ लाख तथा विभिन्न संघ संस्थालाई रु ६ लाख गरि हालसम्म कुल रु ६१ लाखको सहयोग गरेको छ ।

सटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम.र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलब्ध गराउँदै आएको छ । सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगिकार गर्दै यस बैंकले ग्राहकवर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरु समेत संचालनमा ल्याएको छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us