Economy News

test

२६ बुँदे घोषणा पत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको समापन (घोषणापत्र सहित)

लण्डन ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदको दोस्रो विश्व स्वास्थ्य सम्मेलन आइतबार सम्पन्न भएको छ ।
शुक्रबारदेखि आयोजना गरिएको उक्त सम्मेलन २६ बुँदे विश्व नेपाली स्वास्थ्य घोषणा पत्र समेत जारी गर्दै सम्पन्न भएको हो ।
३ दिनसम्म चलेको सम्मेलनले घोषणापत्र माथि व्यापक छलफल गरेको थियो । त्यसमा विज्ञ तथा सरोकारवाल व्यक्तिहरुले सुझाव दिनुभएको थियो । विज्ञ तथा सरोकारवालाहरुको सुझावअनुसार घोषणा पत्रमा आबश्यक कुराहरु थप गर्दै लैजाने समितिका अध्यक्ष डा। संजिव सापकोटाले बताउनु भयो । ‘धेरै विज्ञ, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुले आफ्नोे अभिव्यक्ति दिनु भएको छ । सो टिप्पणीअनुसार बाँकी कुराहरुलाई हामी समावेश गर्दै लैजान्छौँ’ डा.सापकोटाले भन्नु भयो ।

घोषणा पत्रले विश्वभरी छरिएर रहनु भएका स्वास्थ्यकर्मीहरुलाई एकै ठाउँमा समेट्ने प्रयास गरेको डा. सापकोटाले उल्लेख गर्नुभयो ।
दोस्रो विश्व स्वास्थ्य सम्मेलनले तयार गरेको घोषणा पत्रमा डाक्टर, नर्स, फिजिसियन लगायत विश्वभरी छरिएर रहनु भएका सबै स्वास्थ्यकर्मीहरुलाई एकै ठाउँमा समेट्ने उल्लेख गरिएको छ । त्यस्तै स्वास्थ्यकर्मीको भूमिका, आपसी समझदारी लगायत विषय समेत घोषणा पत्रले समेटेको छ । घोषणा पत्रले नेपाली नर्सहरु, तथा मानसिक रोग विशेषज्ञहरुको विश्वव्यापी सञ्जाल निमार्णमा जोड दिएको छ । जडिबुटिजन्य औषधीको उत्पादन तथा विकासमा जोड दिइएको छ । त्यस्तै मातृशिशु स्वास्थ्य, बालबालिका, किशोरकिशोरी तथा युवावस्थाको स्वास्थ्य लगायत विषय घोषणा पत्रमा समावेश गरिएको छ । प्राकृतिक प्रकोपका लागि स्वास्थ्यकर्मीहरुको समिति, दीर्घरोग व्यवस्थापन लगायत विषय घोषणा पत्रमा समेटिएका छन् ।

सामाजिक चेतना अभिवृद्धिका लागि सबै स्वास्थ्यकर्मी एकजुट हुन समेत घोषणा पत्रले आह्वान गरेको छ । त्यस्तै अन्तराष्टिय, सरकारी, गैर सरकारी, स्थानीय निकाय लगायत सबैसँग समन्वय गरेर अगाडी बढ्ने प्रतिबद्धता प्रस्तुत गरिएको छ ।
दोस्रो विश्व स्वासथ्य सम्मेलन समापन समारोहमा विभिन्न मुलुकमा रहेका २ सयभन्दा बढी स्वास्थ्यकर्मी, सरोेकारवाला तथा विज्ञहरुको सहभागिता थियो । ५० भन्दा बढी स्वास्थ्यकर्मी, विज्ञ तथा एनआएएनएका पधाधिकारीहरुले आफ्नो धारणा राख्नु भएको थियो ।

गैर आवासीय नेपाली संघ (स्वास्थ्य कमिटी)  द्वारा आयोजित दोश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन प्रस्तुत घोषणा

१। हामी, हरेकको नेपालीहरूलाई गुणस्तर युक्त स्वास्थ्य सेवा प्रदान गर्न अद्वितीय भूमिका रहेको र यस क्षेत्रमा योगदान दिन हुने सम्पूर्ण व्यक्ति, संस्था र साझेदारहरूको योगदानको कदर ग़रदै उहाहरू लाई सहयोगको प्रतिवद्धता जाहेर गर्दछौं ।
२। हामी, स्वास्थ्य प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार रहेको, जीवनको निरंतरताको लागी अमूल्य निधि भएको, र हरेक राष्ट्रको सामाजिक जीवनोस्तर वृद्धिको लागी प्रार्थमिक तत्व भएको कुरामा विश्वस्त छौं।
३। हामी, नेपाल भित्र वा बाहिर रहनु भएका, स्वास्थ्य क्षेत्रमा काम गर्ने सबै चिकित्सक, नर्स, जनस्वास्थ्य विज्ञ, र स्वास्थ्यका विविध पाटाहरुमा सेवा गर्नु हुने सम्पूर्ण स्वास्थ्यकर्मी हरूलाइ संगठित भई हातेमालो गरी, नेपालीहरूको स्वास्थ्यका विषयमा सूचना आदान प्रदान, सर-सल्लाह, शिप विकास र अनुभव साटासाट गर्ने साझा संजालको विकास गर्न आव्हान गर्दछौ ।
४। कोरोना भाईरसको महामारी बाट हामी कोही पनि अछूतो छैनौ क्ष् यद्दपि यो महामारीले स्वास्थ्यको निदान, उपचार र रोकथामका क्षेत्रमा काम गरने तमाम विज्ञहरू एकताबद्व हुने एउटा अवसर प्रदान गरेको छ क्ष् स्वास्थ्य प्रयोगशालाहरूको स्तरवृद्दी, चिकित्सक नर्स लगायतका स्वास्थ्यकर्मीहरूको सुरक्षा, सुरक्षा उपकरण ९एएभ्० को उपलब्धता, अत्यावश्यक औषधि र खोप को व्यवस्था, कही यस्ता समस्याहरू हाम्रा माझ छन जसलाइ यो महामारी र भविष्यका लागी पानी हामिले काम गर्नु परने छ क्ष् हामी यस विषम परिस्थितिमा देखाउनु भएको धैर्य र साहसको लागी सबै नेपाली स्वास्थ्य कर्मी र आम नेपाली नागरिकको सराहना गर्दछौं ।
५। हामी महामारी जस्तों प्रतिकूल परिस्थितिमा पनि तमाम चुनौती, बाधाहरू र स्रोत र साधनको अभावका बीच धैर्य र साहसकासाथ नेपाली समुदायलाइ सुरक्षित महसूस गराऊन भरपूर प्रयाश गर्नु हुने सम्पूर्ण जनस्वास्थ्य विशेषज्ञहरूको कदर गर्दछौं क्ष् साथै यस्ता कार्यमा अग्रसर रहनु हुने सबै जनस्वास्थ्य कर्मी, भउष्मझष्ययिनष्कत, सामजीक कार्यकर्ता, नीति निर्माण कर्ताहरू, लगायत प्रत्यक्ष( अप्रत्यक्ष रूपमा संलग्न सबैको कार्यमा सहमति जनाऊँछौं ।
६। हामी, नेपाली मूलका चिकित्सकहरू जो यूरोप, अस्ट्रेलिया, अमेरिका, अफ़्रीका, मध्यपूर्व मा रही, बिभिन्न संस्थाहरूमा रहेर वा नरहेर काम गरी रहेका छौं, यो कुरामा सहमत छौं कि यसै सम्मेलन मार्फ़त नेपाली चिकित्सकहरूको विश्व व्यापी संजालमा आवद्द रही, हामी नेपाली समुदायको स्वास्थ्य सेवामा पहुँच र गुणस्तर वृद्धिको लागी सम्बाद र सहकार्य गर्ने छौं ।
७। हामी, नेपाली मूलका नर्सहरू जो यूरोप, अस्ट्रेलिया, अमेरिका, अफ़्रीका, मध्यपूर्वमा रही, बिभिन्न संस्थाहरूमा रहेर वा नरहेर काम गरी रहेका छौं, यो कुरामा सहमत छौं कि यसै सम्मेलन मार्फ़त नेपाली नर्सहरूको विश्व व्यापी संजालमा आवद्द रही, हामी नेपाली समुदायको स्वास्थ्य सेवामा पहुँच र गुणस्तर वृद्धिको लागी सम्बाद र सहकार्य गर्ने छौं क्ष् हामी यो सम्मलेन मार्फ़त नेपाली नर्सहरूको विश्व संजाल निर्माण गर्न पाउँदा गौरवान्वित छौं ।
८। मानसिक स्वास्थ्य बिना सम्पूर्ण स्वास्थ्य सम्भव छैन क्ष् मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्नु भएका नेपाली मूलका मनोरोग विसेषज्ञ, मनोविद, मानसिक सल्लाहकार, व्यवहार जनित रोग र कूलतका क्षेत्रमा काम गर्नु हुने सम्पूर्ण महानुभावहरूलाई यसै सम्मेलन मार्फ़त निर्माण गरिएको मानसिक स्वास्थ्यको विश्वव्यापि संजालमा आबद्द हुन आव्हान गर्दछौ ।
९। स्वास्थ्यमा वैकल्पिक चिकित्सा, योग, आयुर्वेद, होमियोपेथि, अकुपंचरको अद्वितीय योगदान, प्रभावकारिता, र महत्व परापूर्व काल देखी आधुनिक विज्ञान सम्मले स्वीकार गरेकोत सर्वविदित छ क्ष् स्वास्थ्यको रक्षा र विविध जटिल समस्याहरूको निराकरणमा प्रभावकारी हुने भएपनि यो क्षेत्रले पाउनु परने आकर्षण नपाएको तीतो यथार्थ हामी सामु छ क्ष् हामी, आयुर्वेद र वैकल्पिक चिकित्साद्वारा नेपाल भित्र र बाहिर रहेका नेपालीहरू लाई फाइदा हुने गरी यिनको प्रचार-प्रसार, अनुसंधान, जडिबूटीजन्य औषधिहरूको उत्पादन र सर्वसूलभता होस भन्ने कुरामा एक्यवद्द छौं ।
१०। स्वास्थ्यमा अनुसंधान को ठूलो महत्त्व छ क्ष् यद्दपी नेपाली शोधकर्ताहरूले आफ़नो क्षमताले गर्न सक्ने अनुसंधान अनुरूप पर्याप्त श्रोत र साधन नपाएको कुरा सर्वविदित छ क्ष् हामी ती चुनौतीहरू बारे अवगत छौं र तिनको निराकरण का लागी सक्दो प्रयास गर्ने छौं भन्ने कुरामा विश्वास दिलाऊँ चाहछौं क्ष् साथै नेपालीहरूको स्वास्थ्यका विषयमा एक अंतराष्ट्रीय स्तरको रिसर्च जर्नलको प्रकाशन पनि हाम्रो प्रार्थमिकताको विषय भएको जानकारी गराउन चाहँछौं ।
११। महिलाको स्वास्थ्य, तथा आमा तथा शिशुको स्वास्थ्यले परिवार, समाज र सम्पूर्ण राष्ट्रको दशा बताउने भएपनि विश्वभरिका महिला, आमा तथा नवजात शिशुहरूले सामना गर्ने समस्याहरू साझा छन क्ष् यो सम्मेलन ले महिला, आमा तथा नवजात शिशुहरूको स्वास्थ्यका क्षेत्र मा ज़िम्मेवार सबैलाइ उनिहरुको स्वास्थ्यमा पहुँच र गुण स्तर वृद्दी का लागी ध्यान आकर्षण गराऊँछ ।
१२। बाल बालिका, किशोर किशोरी, तथा युवाहरू को स्वास्थ्यले भोलीको पुस्ता को चित्रण ग़र्छ क्ष् विद्ध्यालय स्वास्थ्य कार्यक्रम, किशोर किशोरी एवं युवाहरूको स्वास्थ्य प्रवर्धन र स्वस्थ व्यवहारलाई प्रोत्साहित गर्ने कुरामा हामी सबैको एकमत भई विश्व भर का नेपाली मलका बालबालिका, किशोर किशोरी र युवा वर्ग लाई नेपालमा रहेक आफ़ना समकक्षिहरूलाई सहयोग गर्न प्रोत्साहित ग़रछौं ।
१३। महामारी, प्राकृतिक प्रकोप जस्ता विपदका बेलामा सकेसम्म तुरंत सेवा पूर्याउन सक्ने एक चबउष्म  को व्यवस्था अहिलेको आवश्यकता हो क्ष् उक्त संरचना निश्चित संख्याका विज्ञ चिकित्सक, नर्स, लगायतका अन्य स्वास्थ्यकर्मी समावेश गरी २४ घंटा भित्र चाहेको स्थानमा पूर्याउन सक्ने खालको हुन आवश्यक छ क्ष् सो कार्य का लागी चाहिने प्राविधिक वा भौतिक सहयोग गर्नुहून सम्पूर्णमा आव्हान गर्दछौं ।
१४। हामी मधुमेह, हृदयरोग जस्ता दीर्घ रोगहरूले नेपाली समुदायलाई आक्रांत पारेको कुरामा बिदितै छौं क्ष् यस्ता दीर्घ रोगको रोकथाम, व्यवस्थापन र स्वास्थ्य संवर्धनका लागी गरिएका कार्यहरू अपुग छन क्ष् सम्पूर्ण स्वास्थ्यको अवधारणालाई मूर्तरूप दिन कूलत र धूम्रपानको रोकथाम, पोषण, स्वस्थ जीवनशैली र तनाव व्यवस्थापन जस्ता कुराहरू अहिलेका आवश्यकता हुन क्ष् यसो भंदा यो दीर्घ रोगहरूमा चिकित्साको महत्वलाई अवमूल्यन गरेको नभइ यी विविध तत्वहरूको उपादेयतालाई उजागर गरीएको हो भनी बुझनु पर्ने हुनछ ।
१५। छारे रोग, डिप्रेसन, आत्महत्या लगायतका सामाजिक जनचेतनाको अभाव भाएका कतिपय समस्याहरूले गर्दा हीनताबोध, डर, लाज, र धकका कारण व्यक्तिको स्वास्थ्य मा पहुँच कम हुने हुनाले त्यस विरुद्ध जन चेतनाको विकास गर्ने हरेक पहलमा हाम्रो समर्थन छ।
१६। हामी नेपालीहरूको स्वास्थ्यमा पहुँच पूर्याउन मद्दत गर्ने घुमती क्लिनिक, घुमती रक्त दान बस, घुमती अस्पतालका लागी सहयोग जुटाउने कार्यमा अग्रसर छौ क्ष् यसका साथै बिभिन्न प्रकारका स्वास्थ्य शिविरहरूको संचालन गरी तथा स्थानीय स्वास्थ्य संस्थालाई प्राविधिक वा भौतिक सहयोग गरी दूर दराजका नेपालीहरू लाई सहयोग गर्नु हून सम्पूर्णमा आव्हान गर्दछौं ।
१७। हामी संयुक्त राष्ट्र संघको सहश्राब्दी विकास लक्ष्य मध्य स्वास्थ्यमा लगानी, पहुँच र सबै विभेदहरूका विरुद्ध लागने मार्गको समर्थन गर्दछौं ।
१८। स्वास्थ्यको पहुँच बाट कोही पनि नेपाली विमुख हुन नपरोस भन्ने कुरामा हाम्रो विश्वास व्यक्त गर्न चाहँछौं क्ष् साथै सीमांतकृत र भौगोलिक र अन्य कारणले पिछड़ीएका सबै नेपाली जनताले स्वास्थ्य सेवा पाउनु पर्छ भन्ने कुरा दोहोरयाऊन चाहनछौं।
१९। सबैजना आफ़नो क्षेत्रमा काम गर्दा ग़रदई पनि, एकजुट हुने हो भने के सम्भव छैन र भन्ने कुरा त सन २०१५ को भूकम्पले देखाइ सक्यो क्ष् उक्त प्रिस्ठभूमिमा सबैले आफ़नो मेहनत, कौशल र सिपलाइ प्रयोग गरी बढी प्रभावकारी योगदान दिन सकिंछ क्ष् र विश्व भरका डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीहरू एकजुट भएर काम गर्नु पर्छ भन्ने हाम्रो मान्यता रहेको छ ।
२०। हाम्रो सहाकार्य र समन्वयले राष्ट्रीय र अंतराष्ट्रीय, सरकारी तथा ग़ैर सरकारी संस्थाहरूमा एक बालियो आवाज़को प्रतिनिधित्व गरछ भन्ने कुरामा हामी विस्वस्त छौं क्ष् हामी निजी(सरकारी(साझेदारी को अवधारणा, ल्च्ल्ब् भित्र कै समितिहरूको समन्वय र नेपाल सरकारका संघीय र स्थानीय निकायहरू संगको समन्वय र सहाकार्य महत्वपूर्ण छ भन्ने कुरामा सहमत छौं ।
२१। हामीलाई जाती, लिंग, उमेर, धर्म, पेशा आदि विवधताहरूका आधारमा नेपालीहरूका स्वास्थ्य सम्बन्धी आवाश्यकताहरू पनि भिन्न भिन्न छन भन्ने कुराको ज्ञात छ क्ष् मध्य पूर्वमा रहने श्रमिक नेपाली र नाइजेरिया वा अमेरिकामा रहेका नेपालीको अवस्था फ़रक हुनसक्छ क्ष् त्यसैगरी विकट हुम्ला जिल्लाकी एक गर्भवती महिला वा सप्तरीका वृद्ध पुरुषको अवस्था एक नहुन सक्छ क्ष् हामी हाम्रा स्वास्थ्य सेवाहरू आर्थिक, भौगोलिक, सामाजीक, सांस्कृतिक रूपमा समावेशी, र निपुण होऊन भन्ने कराको वकालत गर्दछौं ।
२२। हामी विश्व स्वास्थ्य संगठन, यूनिसेफ़, अंतराष्ट्रीय श्रम संगठन, शरणार्थी सम्बन्धी संयुक्त राष्ट्र संघीय आयोग, संयुक्त राष्ट्र संघीय मानव अधिकार आयोगको नेपाल भित्र वा बाहिर रहेका श्रमिक नेपालीहरूको स्वास्थ्य सम्बन्धी हक़ अधिकार सुनिश्चीत गर्न महत्वपूर्ण भूमिका छ भन्ने कुरा मान्दछौं ।
२३। हामलाई ज्ञात छ की नेपालमा स्वास्थ्यकर्मीहरूको पेशालाई सुरक्षित राखने व्यावसायिक बिमाको व्यवस्था छैन क्ष् नेपाल भित्र वा बाहिर, विशेसतस् अमेरिकामा, रहेका चिकित्सकहरूले कसरी त्यसतो बिमा कार्यक्रम नेपालमा पनि लागू गर्न सकिंछ भन्ने कुरामा आफ़नो अनुभव र सहयोग प्रदान गर्नुहुन हामी आव्हान गर्दछौं ।
२४। स्वास्थ्य सेवामा सूचना प्रविधिको प्रयोग, अहिले को आवश्यकता हो क्ष् अंतराष्ट्रीय मापदंड अनुरूप विरामीका अभिलेखहरू राख्ने, स्वास्थ्य निर्देशिका अनुरूप काम गर्ने लगायत नेपालको भौगोलिक विविधतालाई मध्यनज़र गरी टेली(मेडिसिनको विकास गर्न अत्यंत ज़रूरी छ क्ष् हामी सबै दाता व्यक्ति तथा संस्थालाई प्राविधिक वा भौतिक सहयोग गरी दूर दराजका नेपालीहरूलाई सहयोग गर्नुहून आव्हान गर्दछौं ।
२५। हामी स्वास्थ्य विधा एक निरपेक्ष क्षेत्र नभई अन्य विविध विषय र विधाहरूसँग पनि जोड़ीएकोले अन्य क्षेत्रका विज्ञ, र संघसंस्थाको सहयोग बिना नेपालीहरूको स्वास्थ्यको विकास असम्भव प्रायः रहेको मान्दछौं क्ष् तसर्थ हामी सबै स्वास्थ्यसँग प्रत्यक्ष्य व परोक्ष रूपमा सम्बन्ध राखने निकायहरूलाई स्वास्थ्यलाई एकल तत्वको रूपमा नलीई अंतर बिधागत विकास नीति निर्माण र अवलम्बनको एक अभिन्न पाटोको रूपमा लिनु हुन आग्रह गर्दछौं।
२६। विश्व स्तरमा नेपालीहरूको स्वास्थ्य संबंधी उपरोक्त अवधारणा र लक्ष्यहरूलाई जीवितै राखन हामी आगामी वर्षहरू सन २०२१, २०२२, २०२३ लगायत भविष्यमा यो सम्मेलनलाई निरंतरता दिने प्रण गर्छौं ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us