बुद्ध एयरले खुलायो टिकट बुकिङ
काठमाडौं – बुद्ध एयरले हवाइ टिकट बुकिङ खुलाएको छ। सरकारले भदौ १ देखि व्यावसायिक उडान सुरु गर्ने निर्णय गरेपछि बुद्ध एयरले पनि सोही मितिदेखि बुकिङ खुलाएको हो। सरकारले यो बीचमा प्रोटोकल बनाउने बताएको छ।
चैत ११ गतेदेखि बन्द भएको आन्तरिक व्यावसायिक उडान करिब पाँच महिनापछि खुल्ने भएको छ। उडान खोल्नका लागि एयरलाइन्स,विमानस्थलले पनि तयारि गरिरहेका छन्।
