Banking News

test

बैंकहरुमा तरलता, २० अर्बको रिभर्स रिपोमा तेब्बर आवेदन

काठमाडौं, १६ साउन । बैंकिङ प्रणालीमा अधिक तरलता देखिएको छ । पछिल्लो समय बैंकहरुको कर्जा प्रवाह न्यून हुँदा लगानीयोग्य रकम लगातार बढ्दै गएको छ ।

बिहीबार नेपाल राष्ट्र बैंकले निष्काशन गरेको रिभर्स रिपोमा परेको आवेदनले बैंकिङ प्रणालीमा अधिक तरलता रहेको स्पष्ट हुन्छ । राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिभर्स रिपो निष्काशन गरेको भए पनि ८३ अर्ब ५ करोड रुपैयाँ बराबरको आवेदन परेको छ । ०.०३३ प्रतिशत ब्याजदर व्याजदर कायम भएको उक्त रिर्पोमा १९ वटा बैंकले आवेदन दिएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए ।

यो सात दिनको रिपो भएकाले त्यसपश्चात यो रकम पुन बजारमै जाने छ । बैंकहरुसँग २ खर्ब रुपैयाँ अधिक तरलता छ। कोरोना संक्रमण नियन्त्रण्का लागि गरिएको लकडाउनकारण बैंकिङ लगानी घटेपछि बैंकहरुमा अधिक तरलता देखिएको प्रवक्ता भट्टले जानकारी दिए ।

गतसाताको बिहीबार पनि राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिभर्स रिपो मार्फत बजारबाट नगद प्रशोचन गरेको थियो । सो समयमा पनि ६८ अर्ब २० करोडको आवेदन परेको थियो ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us