वाणिज्य बैंकहरुमध्ये लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो माछापुच्छ्रे
काठमाडौं – माछापुच्छ्रे बैंकले गत आर्थिक बर्ष ०७६/०७७ को कमाईबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले बोनस तथा नगदगरी कुल १०.४ प्रतिशत लाभांश प्रस्ताव गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले जानकारी दिए ।
बैंकले ७.०३ प्रतिशत बोनस तथा करसहित ३.३७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ४५ करोड रुपैयाँ छ। बोनस वितरणपछि बैंकको चुक्ता ९ अर्ब नाघ्नेछ । बैंकले गत आर्थिक बषर्मा एक अर्ब २५ करोड ५१ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो। जसको वितरणयोग्य नाफा ९० करोड ८२ लाख रुपैयाँ कायम भएको थियो । बैंकको साधारण जगेडा कोषमा एक अर्ब ७० करोड रुपैयाँ बचत छ।गत असारम सान्तसम्मको विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ८० पैसा, नेटवर्थ १३६ रुपैयाँ ८० पैसा र मूल्य आम्दानी अनुपात १४.८६ गुणा छ।
