कुमारी बैंकको कोभिड–१९ रोकथामतथा नियन्त्रणका लागी सामाजीक सचेतनामुलक कार्यक्रम महेन्द्रनगरमा
काठमाडौं ।
कुमारी बैंक लिमिटेड सुदुरपश्चिम प्रादेशीक कार्यालय महेन्द्रनगर कंचनपुरलेआफनो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कोभिड–१९ रोकथामतथा नियन्त्रणका लागी शनिबार महेन्द्रनगर वजारमा सामाजिक सचेतनामुलककार्यक्रम सम्पन्न गरेको छ । उक्तकार्यक्रममा बैंककाकंचनपुर शाखा, झलारी शाखा तथा चादनीदोधारा शाखाकाकर्मचारीहरु समेतको पनिउपस्थितीरहेको थियो ।
बैंकको प्रादेशिक कार्यालयबाट विहान ९ बजे देखी सुरु भै चम्मनचौराहाबाट सब्जीमण्डीहुदै महेन्द्रनगर बजारको १ नं., २ नं. ३ नं. , ४ नं. र ५ नं. गल्ली परिक्रमा गरी बैकको प्रादेशिककार्यालयमा ११ बजे समापनभएको थियो । उक्तकार्यक्रममा बैंकले महेन्द्रनगर वजारमा मास्कलगाउन प्रेरित गरी मास्कनलगाई हिडेका बिभिन्नब्यक्तिहरुलाई १००० थानमास्कतथा १५० थानहयान्ड स्यानीटाईजर बितरण गरेको थियो ।
कार्यक्रममा कर्मचारीले मास्कप्रयोग गर्ने, सामाजिक दुरी कायमगर्ने, स्यानीेटाईजर प्रयोग गर्ने, भिडभाड नगर्ने तथा साबुनपानीले हातधुने जस्ता बिबिध सचेतनामुलक नारा लेखिएकाब्यानरतथाप्ले–कार्ड बोकेर सो मार्फत कोभिड–१९ नियन्त्रण र रोकथामकालागी पुर्बसाबधानीकासन्देश दिईयकोथियो । सुदुरपश्चिमप्रदेशीक कार्यालयका प्रमुख दीपक खनालले कोभिड–१९ नियन्त्रण र रोकथामकालागी यो कार्यक्रम निकैउपयोगी हुने साथै आगामीदिनमा पनि सचेतनामुलक कार्यक्रमहरुअन्य स्थानमा पनिगर्दै जाने जानकारी गराउनु भयो ।
कुमारी बैंक लिमिटेडको सुदुरपश्चिमप्रदेशमा १९ वटा शाखा र ८ वटा ए.टि.एम. संचालनमा रहेको छ भने देशभर १८६ शाखा, १३ एक्सटेन्सन काउन्टर, २२ शाखारहित बैंकिङ्ग सेवा र१०८ ए.टि.एम. संचालनमा रहेको छ । साथै बैंकले लकडाउनमा पनि सुरक्षाकाउपायहरु अपनाई बैंकिङ्ग सेवाहरु दिदैआएको छ ।
