Banking News

test

सिद्धार्थ बैंकको नयाँ शाखा काठमाडौंको तीनचुुलीमा

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बिहीबार काठमाडौँँस्थित तिनचुलीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बैंकले तिनचुली क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढङले पु-याउने उद्देश्यका साथ उक्त शाखा सञ्चालनमा ल्याएको हो।

अहिले कोरोना भाइरस महामारीको अवस्थामा पनि बैंकले सतर्कताका विधि अपनाई आफ्ना सबै शाखाहरूबाट बैकिङ सेवा तथा सुविधाहरू निरन्तर प्रदान गरिरहेको छ।

सजिलो बैैकिङ सेवा (शाखारहित बैंकिङ) एटीएम, पीओएस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, एटीएम कार्ड, चार सय ५० भन्दा बढी व्यावसायिक केन्द्रहरूबाट विशेष छुट प्राप्त गर्न सकिने गरी जारी गरिएको युनओ क्रेडिट कार्डजस्ता सेवामार्फत् बैंकले उच्चस्तरीय बैैकिङ सेवा प्रदान गर्दै आएको छ । ग्राहकहरूको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन हरदम प्रतिबद्ध रहेको कुरा बैंकले विज्ञप्तिमा भनेको छ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us