कृषि विकास बैंकका ऋणीहरुलाई कर्जा तिर्न बैंकको आग्रह
काठमाडौं – कृषि विकास बैंक लिमिटेडले ऋणीहरुलाई कर्जा तिर्न आग्रह गरेको छ । बैंकको विभिन्न शाखाहरूबाट कर्जा लिई समयमै नियमित वा चुक्ता नभई भाखा नाघेका कर्जा ग्राहक, धितो मञ्जुरी दिने तथा जमानतहरूले कोभिड १९ को कारण बन्दाबन्दीको समय भन्दा अगावै कर्जा नियमित वा चुक्ता नगरेका सम्पूर्ण ग्राहक, धितो मञ्जुरी दिने तथा जमानतदाताहरूले आफूले कारोबार गरेको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क राखि कर्जा नियमित चुक्ता गराउन सम्बन्धीत सबैलाई बैंकले आग्रह गरेको हो ।
कर्जा नतिरेमा बैंकले आफ्नो अनुकूल समयमा लिन बाँकी कर्जा रकम असुलीको लागि बैंक नियमानुसार ग्राहक , धितो मञ्जुरी दिने तथा जमानतदाताको फोटोसहित ३ पुस्ते नाम नामेसीको सूचना प्रकाशन, कालोसूचीमा नाम समावेश गर्ने, राहदानी रोक्का राख्ने, धितो लिलामी गर्ने लगायत सम्पूर्ण असुली कारबाही अगाडी बढाइने जनाएको छ ।
