Economy News

test

बेरोजगार युवालाई रोजगारी दिन सरकारले माग्यो देशभर बाट दरखास्त

काठमाडौं –  सरकारले बेरोजगार युवालाई रोजगार हुनका लागि दरखास्त माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७५३ वटै स्थानीय तहलाइै पत्र लेख्दै रोजगारमा संलग्न हुन चाहने बेरोजगार व्यक्तिको नामावली सङ्कलन गर्न निर्देशन दिएको मन्त्रालयका प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा शाखा अधिकृत कृष्ण पौडेलले जानकारी दिएका छन् । यही साउन ८ गतेदेखि भदौ ७ गतेसम्म रोजगार केन्द्रमा सूचीकरणका लागि निवेदन दिनुपर्ने छ ।

बेरोजगार युवाले रोजगार हुनका लागि स्थानीय तहको रोजगार सेवा केन्द्रमा गई सूचीकरण गर्नुपर्नेछ । यसरी सूचीकरणका लागि निवेदन दिएका युवाले रोजगार व्यवस्थापन सूचना प्रणालीले ती युवाको छनोट गर्नेछ । उनका अनुसार मन्त्रालयका रोजगारीको हकसम्बन्धी ऐन २०७५ को दफा ११, रोजगारीको हकसम्बन्धी नियमावली २०७५ को नियम ७, प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका २०७५ को दफा १८ तथा सरकारले गत वैशाख १४ गते गरेको निर्णयको आधारमा बेरोजगार युवालाई रोजगार उपलब्ध गराउनका लागि रोजगार केन्द्रमा निवेदन दिन आग्रह गरेको हो । रोजगारका लागि बेरोजगार व्यक्तिले रोजगारीको हकसम्बन्धी ऐन २०७५ ले गरेको व्यवस्थानुसार आफूले न्यूनतम रोजगारको अवसर नपाएको र आफू तोकिए बमोजिम आयआर्जन हुने स्वरोजगारमा संलग्न हुने जानकारी गराउँदै निवेदन दिनुपर्नेछ ।

निवेदन दिएका व्यक्तिले रोजगारीको हकसम्बन्धी ऐन २०७५ को दफा २१ बमोजिम रोजगार केन्द्रले खटाएको ठाउँमा गई काम गर्नुपर्नेछ । यदि केन्द्रले त्यस्ता व्यक्तिलाई रोजगार दिन नसकेमा ऐनको दफा २२ अनुसार निर्वाह भत्ता भनि न्यूनतम पारिश्रमिकको १०० दिन बराबरको रकमको ५० प्रतिशत उपलब्ध गराउनु पर्नेछ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us