Banking News

test

बैंकका उच्च तहका ब्यक्तिले अवदेखि व्यक्तिगत कर्जा नपाउने

काठमाडौं ।
बैंकका सञ्चालक, प्रमुख कार्यकारी अधिकृतसहित अब उच्च व्यवस्थापनमा रहेका कर्मचारीहरुले पनि व्यक्तिगत नाममा कर्जा लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७६ संशोधन गर्दै अब उच्च व्यवस्थापन तहका कर्मचारीहरुले पनि यस्तो कर्जा नपाउने उल्लेख गरेको छ ।

यसअघि बैंकका सञ्चालक समिति सदस्यहरु र सीईओले तोकिएका बाहेक शिर्षकमा मात्रै कर्जा पाउँथे । अन्य व्यक्तिगत कर्जा भने नपाउने व्यवस्था थियो । ‘इजाजतपत्रप्राप्त संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा उच्च व्यवस्थापन तहको पदाधिकारीले शिक्षा कर्जा, हायर पर्चेज कर्जा, घर कर्जा, वा घरायसी प्रयोजनका सामग्री कर्जाबाहेक निजहरुको व्यक्तिगत नाममा अन्य कुनै किसिमका कर्जा लिन पाउने छैनन्’ निर्देशनमा भनिएको छ ।राष्ट्र बैंकका अनुसार उच्च व्यवस्थापन तहको पदाधिकारी भन्नाले बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतभन्दा दुई तह मुनिसम्मको पद धारण गरेको व्यक्तिहरु पर्नेछन् ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us