शेयर बजारमा उतार चढाव
काठमाडौं ।सेयर बजारमा बुधबारको सामान्य सुधार आएको छ । मंगलबार सामान्य अंकले घटेको नेप्से परिसूचक बुधबार ५.३६ अंकले बढेर १५४१.४० अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.३५ प्रतिशतको वृद्धि हो ।बुधबारको बजारमा एक अर्ब ८४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दिनभरको बजारमा कूल एक सय ९४ कम्पनीको ६३ लाख ९० हजार ८३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ९ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ८ सय ८४ रुपैयाँ रहेको छ ।
