बैंक
लक्ष्मी र एसबिआईको ब्याजदर महँगो
नेपाल एसबिआई बैंकको मुद्दती खातामा संस्थागत रुपमा ६.५० र व्यक्तिगत तर्फ ७.२५ प्रतिशत ब्याज रहेको छ । यस्तै बचतमा न्यूनतम १ देखि अधिकतम ५ प्रतिशतसम्म ब्याज पाइने छ । बैंकको असार मसान्तसम्मको आधार दर ९.२५ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १४.२५ प्रतिशतसम्म ब्याज लाग्ने छ । बैंकबाट व्यक्तिगत, एसएमई, होम लोन, अटो लोन, हायर पर्चेज लोन, शैक्षिक धितोकर्जा, सेयर धितोकर्जा लिँदा १४.२५ प्रतिशत ब्याज लाग्ने छ ।
माच्छापुच्छ्रे मुद्दती तथा बचतको नभएर ऋणको लागि मात्रै ब्याजदर सार्वजनिक गरेको छ । बैंकको असार मसान्तसम्मको आधारदर ९.२१ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १४.२१ प्रतिशत ब्याज लाग्ने छ । बैंकबाट होम, अटो, मोटरेज, शैक्षिक धितोकर्जा, सेयर धितोकर्जा लगायतका शिर्षकमा ऋण लिँदा १४.२१ प्रतिशत ब्याज लाग्ने छ ।
एभरेष्ट बैंकहरूमा निक्षेपको ब्याजदर
एभरेष्ट बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार बचत खातामा ३.५० प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने भएको छ । यस्तै बैंकले साधारण मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.५० देखि ७.२५ प्रतिशत र संस्थागततर्फ ५.५० देखि ६.५० प्रतिशतसम्म ब्याज उल्लेख गरेको छ ।
एभरेष्ट बैंकले संस्थागत बल्क फिक्स्ड डिपोजिट र स्पेशल फिक्स्ड डिपोजिटमा ६.५० प्रतिशत ब्याज दिने भएको छ । यस्तै डलर खातामा १ देखि २ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । यस्तै ईबीएल प्लानमा ७.२५ प्रतिशत ब्याज एभरेष्ट बैंकले बताएको छ ।
बैंक अफ काठमाडौंको ब्याजदर परिवर्तन
बैंक अफ काठमाडौंले पनि मुद्दती निक्षेपको ब्याजदर परिवर्तन गरेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.२५ देखि ७.२५ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ । बैंकले ३ महिने निक्षेपमा ५.२५ प्रतिशत, ६ महिनादेखि १ वर्ष अवधिसम्मका लागि ६.२५ प्रतिशत र १ वर्षभन्दा बढी अवधिका लागि ७.२५ प्रतिशत ब्याजदर प्रदान गर्ने बैंकले बताएको छ ।
बैंक अफ काठमाडौंले संस्थागत मुद्दती निक्षेपतर्फ ४.५० देखि ६.५० प्रतिशत ब्याज प्रदान गर्ने भएको छ । बैंकले ३ महिनादेखि ६ महीनासम्मको मुद्दती निक्षेपमा ४.५० प्रतिशत, ६ महिनादेखि १ वर्ष अवधिसम्मका लागि ५.५० प्रतिशत र १ वर्षभन्दा बढी अवधिका लागि ६.५० प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ ।
प्राइम कमर्सियल बैंकको नयाँ ब्याजदर
प्राइम कमर्सियल बैंकले पनि साउन ६ बाटै लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार सात प्रकारका बचत खातामा ५ प्रतिशतका दरले ब्याज दिने भएको छ । यसबाहेक अरू सबै बचत खातामा तीन प्रतिशतका दरले ब्याज दिने भएको छ ।
एनसीसी बैंकको ब्याजदर परिवर्तन
एनसीसी बैंकले पनि मुद्दती खाताको खाताको ब्याजदर परिवर्तन गरेको छ । बैंकका अनुसार मुद्दती निक्षेप गर्नेले अधिकतम ८.२५ प्रतिशत ब्याजदरसम्म ब्याज पाउनेछन् ।
लक्ष्मी बैंक नयाँ ब्याजदर
लक्ष्मी बैंकले ५ साउनबाट लागू हुने गरी साधारण बचत खातामा चारदेखि पाँच प्रतिशत ब्याज दिने बताएको छ । संस्थागत ओभरड्राफ्टमा आधार ब्याजदरमा ५ प्रतिशतसम्म प्रिमियम थप हुने बताएको छ। साना तथा मझौला व्यवसायलाई दिइने ऋणमा आधारदरमा दुई देखि पाँच प्रतिशतसम्म थप गरेर तय हुने ब्याजदरमा ऋण दिने बताएको छ । असार मसान्तमा लक्ष्मी बैंकको आधार ब्याजदर ९.२३ प्रतिशत छ । लक्ष्मी बैंकले दिने सबैजसो ऋणमा आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम थप भएर ब्याजदर तय हुने उल्लेख गरेको छ ।
विकास बैंकमा मुक्तिनाथ बैंक अगाडी
मुक्तिनाथ विकास बैंकले विभिन्न कर्जामा मुक्तिनाथ ‘ग्राहक विशेष लाभ योजना’ नामक कर्जा योजना सञ्चालनमा ल्याएको छ । योजना अन्तर्गत अधिकांश कर्जा सीमित अवधिका लागि निम्न आकर्षक सेवा तथा सुविधा प्रदान गर्नेछ ।
बैंकका अनुसार कर्जा न्यूनतम ब्याजमा उपलब्ध हुनेछ भने ४८ कार्य घण्टाभित्र कर्जा स्वीकृति गरिनेछ । त्यसैगरी एक वर्षसम्म कर्जा स्वीकृत हुँदा कायम ब्याजदर परिवर्तन गरिने छैन भने कर्जा सेवा शुल्क अधिकतम १ प्रतिशतमात्र र विना सुरक्षण शुल्कमा लकरको सुविधा समेत छ ।
यसका साथै बैंकले बैंकबाट कर्जा लिने ग्राहकले २०७७ असार मसान्तको कर्जाको तिर्न बाँकी साँवा र ब्याज साउन मसान्तसम्म चुक्ता गरेमा कर्जाको ब्याजदरमा २ प्रतिशतसम्मको छुट दिने जानकारी दिएको छ ।
