Economy News

test

यातायात सम्बन्धी कर, नविकरण र जरिवानाको म्याद ९० दिन थप्न प्रस्ताव

काठमाडौं-
काठमाडौं उपत्यकाका यातायात व्यवस्था तथा सेवा कार्यालयहरुले सवारी कर, नविकरण र जरिवानाको लागि ९० दिन समय थप्न मन्त्रालयमा प्रस्ताव पठाएका छन्। लकडाउनको कारण धेरै सेवाग्राहीले आफ्नो सवारी चालक अनुमतीपत्र नविकरण, सवारी कर तथा नविकरण लगायतका काम गर्न नपाएपछि बाग्मती प्रदेश सरकारले यो अवधीमा म्याद सकिनेको लागि भदौ मसान्तसम्म कुनै पनि प्रकारको जरिवाना नलाग्ने निणर्य गरेको थियो।

उपत्यकाका ४ ओटा सेवा तथा सवारी कार्यालय र ४ ओटा लाइसेन्स कार्यालय प्रमुखहरुरु संयुक्त बैठक बसेर माइनोट गरी बाग्मती प्रदेश, भौतिक पुर्वाधार विकास मन्त्रालयमा प्रस्ताव पठाएको यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमती पत्र, चावहिलका कार्यालय प्रमुख विष्णु कुमार भट्टराईले जानकारी दिए।

‘हामीले मन्त्रालयमा २ पटक प्रस्ताव पठाइसकेका छौं। अहिले मन्त्रालयको निर्देशन पर्खेर बसेका हौं,’ उनले भने।

निषेधआज्ञाको कारण काम रोकिएकोले अहिले कार्यालयमा सेवाग्राहीको संङ्ख्या अत्याधिक बढेको उनले बताए।

‘सबै कार्यालयको अवस्था उस्तै रहेछ। त्यसकारण हामी ८ ओटै कार्यालयका प्रमुख बैठक बसेर मन्त्रालयमा प्रस्ताव पठाएका हौ,’ भट्टराईले भने।

 

‘हामीले सामाजिक दुरी को लागि चिन्ह बनाउनेदेखि आन्तरिक सुरक्षामा पनि ध्यान त दिएका छौं। तर सेवाग्राहीको भीड धेरै हुँदा समस्या देखा परेको छ,’उनले भने।

कार्यालयले भीड नियन्त्रण गर्न धेरै प्रयास गरेपनि बेला बेलामा भीड नियन्त्रण बाहिर जाने गरेको उनले जानकारी दिए।
पछि निषेधआज्ञाको कारण सेवा रोकिएपछि कार्यालयहरुमा अहिले सेवाग्राहीको भीड बढेको हो।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us