राष्ट्रिय वाणिज्य बैंकबाट बढीमा ९.३२ प्रतिशतमा कर्जा पाइने
राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बुधबारदेखि नै लागू हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले बचत र कर्जा दुबैमा नयाँ ब्याजदर सार्वजनिक गरेको छ । नयाँ ब्याजदरमा मुद्दती निक्षेप तर्फ व्यक्तिगत ७.२५ र संस्थागत ६.५० प्रतिशत रहेको छ । यता बचतमा ०.७५ देखि ५ प्रतिशतसम्म ब्याज रहेको छ ।
बैंकले बचतको मात्रै नभएर कर्जाको ब्याजदर पनि सार्वजनिक गरेको छ । जेठ मसान्तसम्म बैंकको आधार दर ६.०७ प्रतिशत रहेको छ । आधार दर परिवर्तन भएसँगै कर्जाको ब्याजदर पनि परिवर्तन हुनेछ । अब बैंकबाट कर्जा लिँदा सबैभन्दा बढी ९.३२ प्रतिशत ब्याज लाग्ने छ । बैंकबाट ओभरड्राफ्ट, धितो कर्जा, औद्योगिक, व्यापारीक, हाउजिङ, रियल स्टेट, सुन, थोक, प्रत्यक्ष, कृषि, करार कर्जा, गाडी, शैक्षिक, सेयर धितो, मोटरेज कर्जा लिँदा ९.३२ प्रतिशत ब्याज लाग्ने छ ।
