Economy News

test

विश्व बैंकले यातायात पूर्वाधारको सुधारको निम्ति ५४ अर्ब रुपैयाँ ऋण सहायता दिने

नेपाललाई विश्व बैंकले करिब ५४ अर्ब रुपैयाँ बराबरको ऋण सहायता दिने भएको छ । विश्व बैंकले यातायात पूर्वाधारको क्षमता र सुरक्षा सुधार लगायत सीमापार व्यापारको दक्षतामा सुधार र रणनैतिक सडक सञ्जल व्यवस्थापन क्षमताको सुदृढीकरणका लागि ५४ अर्ब रुपैयाँ ऋण सहायता दिने भएको हो ।

अर्थमन्त्री डा युवराज खतिवडाको उपस्थितिमा शुक्रवार अर्थ मन्त्रालयमा नेपालका लागि विश्व बैंकका देशीय प्रबन्धक फारिस हदाद जर्भोस र अर्थसचिव शिशिरकुमार ढुंगानाले ऋण सहयोगसम्बन्धी सम्झौतामापत्रमा हस्ताक्षर गरे। परियोजना अन्तर्गत नागढुंगा–नौबिसे–मुग्लिंग खण्डलाई सुधार गर्नुका साथै कमला–ढल्केबर–पथलैया सडकको स्तरोन्नति गर्दै चार लेनको बनाइने छ । विद्यमान व्यापारिक सेवालाई सहज बनाउनुका साथै कृषिजन्य निर्यातलाई प्रवर्द्धन गर्नका लागि यस आयोजनाले सीमा–नाकाहरूमा पूर्वाधार, सेवा सुविधा तथा सरसफाइमा सुधार गर्ने छ ।

 

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us