Banking News

test

नबिल बैंकले मुद्दति निक्षेपमा ९.५% प्रतिशतसम्म ब्याज दिने

नबिल बैंकले मुद्दति निक्षेपको ब्याज दर बढाएको छ । बैंकले एक बर्षभन्दा माथि अवधि भएको निक्षेपको ब्याज दर बढाएको हो ।बैंकले १३ देखि २४ महिनासम्म निक्षेप गर्नेलई वार्षिक नौं प्रतिशत ब्याज दिने भएको छ । समाजप्रति उत्तरदायी हुँदै ब्याज बढाएको नबिलले जनाएको छ ।नबिलले मुद्दति खाताको ब्याज बढाएपनि कर्जाको ब्याज भने घटाएको छ ।

बैंकले साना तथा मझौला कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट तथा घर कर्जा सस्तोमै दिने स्किम ल्याएको छ ।“नेपालीहरूको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दति खाताहरूमा उच्च ब्याज दर आर्जन प्रदान गर्ने र कर्जाको हकमा त्यसको लागत घटाउने हुनाले नयाँ योजनाले महामारीको कारण हुने आर्थिक कठिनाइ कम गर्न मद्दत पु¥याउने छ,” बैंकले विज्ञप्तिमा भनेको छ ।

एक वर्षसम्मको मुद्दतिको ब्याज पनि बढाएर साढे ८ प्रतिशत पु¥याएको छ । २ वर्षभन्दा माथि र ५ वर्षसम्मको व्यक्तिगत मुद्दती खातामा वार्षिक ९.२५ प्रतिशत ब्याज दिने जनाएको छ । बैंकले ५ वर्षभन्दा माथि व्यक्तिगत मुद्दती खातामा वार्षिक ९.५ प्रतिशत ब्याज दिने छ । बैंकले घर कर्जा ७.४९५ प्रतिशत ब्याजमै उपलब्ध गराउने छ । व्यक्तिगत ओभरड्राफ्ट ७.९९५ प्रतिशत ब्याजमा उपलब्ध गराउने बैंकले जनाएको छ । एक करोडसम्मको कर्जा ७.४९५ र एक करोडभन्दा माथिको कर्जामा ७.९९५ प्रतिशत ब्याजमा उपलब्ध गराउने छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us