Economy News

test

श्चिम बागलुङमा यसै वर्ष बिजुली बल्ने

बलेवा ।

सदरमुकामपछिको दोस्रो ठूलो बजार ढोरपाटन नगरपालिकाको बुर्तिवाङमा राष्ट्रिय प्रसारणको बिजुली छैन । अघिल्लो वर्ष बिजुली बाल्ने योजना पनि असफल भयो । चालु वर्ष भने यस बजारमा बिजुली बाल्ने तयारी छ ।

सदरमुकामदेखि लामो दूरीमा विद्युत् चुहावट बढी हुने भएपछि गत वर्ष हरिचौरमा बनाइएको सब स्टेशनबाट विद्युत् विस्तार गर्ने योजनाअनुसार विद्युत्का खम्बा गाड्ने र तार तान्ने काम भइरहेको थियो । बडिगाडको तुरतुरे पहिरोसहितका अन्य अवरोधले खम्बा र तार पु¥याउनसमेत ढिलाइ भएको हो ।

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीले चालू वर्ष विद्युत् पु¥याइने बताउनुभयो । “अब बुर्तिवाङ बजारमा मिटर जडानको काम थालिन्छ, यस वर्ष नै सबै घरमा राष्ट्रिय प्रसारणको बिजुली बल्छ”, गोशलीले भन्नुभयोे, “सामान्य बिजुली मात्रै बालेका उपभोक्ताले अब उद्योग स्थापना गरेर सञ्चालन गर्न सक्छन् ।” बूर्तिवाङ बजारमा लघु विद्युतबाट उत्पादित बिजुलीले उज्यालो बनाउने काम मात्रै भएको छ ।

ठूलो लगानीका उद्योग खोल्न चाहेकाहरु पनि विद्युत् अभावमा अलपत्रै छाड्न बाध्य थिए । बूर्तिवाङसम्म हरिचौरबाट गएको सब स्टेशनले पनि लामो खण्ड पर्ने भन्दै प्राधिकरणले वडा नं– १ नजिकै सब स्टेशन बनाउने तयारी गरेको थियो । हिउँदमा उक्त स्थानसम्म सामान लैजानका लागि जथाभावी डोजर लगाएपछि अहिले झण्डै १५० मिटर माथिदेखि पहिरो खसेको छ । पहिराले मध्यपहाडी लोकमार्ग पटक–पटक अवरुद्ध भइरहेको छ । नजिकैका केही घरका मानिस वर्षात् भयो भने बस्नै नसक्ने अवस्थामा पुगेका छन् ।

उक्त खण्डमा तत्काल मर्मत गरेर सडक र घर जोगाउनुपर्ने अवस्था भएको ढोरपाटनका नगरप्रमुख देवकुमार नेपालीले बताउनुभयो । उक्त सबस्टेशन बनाउने काम बागलुङ वितरण केन्द्रमार्फत नभएकाले कहिले बन्छ भन्ने यकिन नभएको गोशलीले बताउनुभयो । बरु केन्द्रको अगुवाइमा बडिगाड गाउँपालिका–२ को खरवाङ बजारमा सवस्टेशन बन्ने उहाँले बताउनुभयो ।

उक्त सबस्टेशन भने एक वर्षभित्रै बनाएर उपयोगमा ल्याउने उहाँले योजना सुनाउनुभयो । बागलुङको ताराखोला, तमानखोला, निसिखोला गाउँपालिकामा पनि अझै राष्ट्रिय प्रसारणको विद्युत् पुगेको छैन ।

बडिगाडमा पनि तार टाँगिए पनि स्थानीय विद्युतकै भरमा चलेको छ । अब सबै पालिकाम राष्ट्रिय प्रसारणको बिजुली लगेर स्थानीयवासीलाई व्यवसाय, उद्योग र कलकारखाना चलाउन सक्ने वातावरण बनाइदिने उहाँले बताउनुभयो ।

हाल उत्पादनमा रहेका साना लघुविद्युत् आयोजनालाई एकीकृत गरेर राष्ट्रिय प्रसारणमा जोड्ने अभियानमा पनि सघाउने उहाँले बताउनुभयो । झोलामा खोला ढोरपाटन नगरपालिकामा अहिले भुजीखोला र रिठाखोला जलविद्युत् आयोजनाको विद्युत्ले बिजुली बालिएको छ । राष्ट्रिय प्रसारणलाइन नभएकोले उद्योग सञ्चालनमा समस्या परेको छ । ग्रिल, फर्निचर, चाउमिनलगायतका उद्योग सञ्चालन गर्न लागेका र खोलेका व्यवसायीले चाहेको बेला काम गर्न पाउँदैनन् ।

लोड नपुगेपछि व्यवसाय सञ्चालनमा समस्या परेको व्यवसायी चिन्तामणि शर्माले गुनासो गर्नुभयो । नगरपालिकाभित्रकै निसी खोलाको सेरामा ९५० किलोवाटको विद्युत् निकाल्ने योजना छ । विभागमा पुग्दा दशकअघिनै दर्ता भएर झोलामा रहेको भेटिएको नगर प्रमुख देवकुमार नेपालीले बताउनुभयो । दर्ता गरेकाहरु को हुन भन्दै उहाँले खोजी थालेको बताउनुभयो । नगरपालिकाभित्रका झण्डै २० हजार घरले बिजुली बाल्न नपाएको उहाँले गुनासो गर्नुभयो । 

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us