ज्योति विकास बैंकले कमायो ४० करोड ८८ लाख
काठमाडौं । ज्योति विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा ४० करोड ८८ लाख १० हजार चार सय ३२ रूपैैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा ५३ करोड १३ लाख ४१ हजार पाँच सय ५३ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी तीन अर्ब ४९ करोड ५२ लाख ९३ हजार चार सय ३८ रुपैयाँ रहेको बैंकले गत आवको चौथो त्रैमासिक अवधिमा ३६ अर्ब ४० करोड ७२ लाख चार हजार पाँच सय आठ रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ५७ करोड ४१ लाख १९ हजार दुुई सय ३१ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा एक अर्ब ३९ करोड ६० लाख दुुई सय १२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ६९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर चार दशमलव ५० प्रतिशत रहेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा भने १४ करोड ९५ लाख १३ हजार पाँच सय ४४ रुपैयाँ रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने बैंकले २५ अर्ब ९९ करोड ५२ लाख सात सय रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब ७७ करोड ४२ लाख १४ हजार पाँच सय ५३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब २९ करोड ४३ लाख ८१ हजार पाँच सय ९५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ५४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ९० प्रतिशत रहेको थियो ।
