Banking News

test

बैंकहरूले घटाउन थाले ब्याजदर

काठमाडौँ – नयाँ आर्थिक वर्ष शुरू भएसँगै वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गर्न थालेका छन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप बढेको र कर्जा लगानी हुन नसकेका कारण कर्जाको ब्याजदर कटौती गर्नुपर्ने बाध्यातामा बैंकहरू छन् । राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थालाई ब्याजदर घटाउन दबाब दिइरहेको छ ।अहिलेसम्म दर्जन वाणिज्य बैंकले नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेका छन् । राष्ट्रिय वाणिज्य, सनराइज बैंक, ग्लोबल आइएमई बैंक, नेपाल एसबिआई बैंक, माच्छापुच्छ्रे बैंकले नयाँ आर्थिक वर्षसँगै कोभिड प्रभावित व्यवसायीलाई विभिन्न सहुलियतमा कर्जा उपलब्ध गराउने योजना सहित ब्याजदर सार्वजनिक गरेका हुन् । लक्ष्मी बैंक, एभरेष्ट बैंक, बैंक अफ काठमाडौं, प्राइम कमर्सियल र नेपाल क्रेडिट एण्ड कमर्स ९एनसीसी०लगायत एक दर्जन वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

ग्लोबल आइएमई बैंकले १ साउनबाटै लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको छ । लक्ष्मी बैंक र सनराइज बैंकले भने ५ साउनबाटै लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । त्यसैगरी, एभरेष्ट बैंक, बैंक अफ काठमाडौं, प्राइम कमर्सियल र नेपाल क्रेडिट एण्ड कमर्स एनसीसी, साउन ६ गतेबाट लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । राष्ट्रिय वाणिज्य बैंकले साउन ७ गतेबाट लागू हुनेगरी नयाँ ब्याजदर लागू गरेको छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us