नबिलले ल्यायो कर्जाका चार योजना
काठमाडौं।नबिलबैंकले आफ्नो ३६ औं वार्षिकोत्सवको अवसर पारेर घर, धितो, व्यक्तिगत ओभरड्राफ्ट र साना तथा मझौला कर्जा मा नयाँ योजना ल्याएको छ।योजना अन्तर्गत (घरकर्जा, धितोकर्जा, व्यक्तिगत ओभरड्राफ्ट) र साना तथा मझौला ब्यवसाय कर्जामा विशेष ब्याज छुट दिने जारी विज्ञप्तिमा उल्लेख छ।
बैंकले ७.९९ प्रतिशतमा घर, साना तथा मझौला कर्जा र ८.४९ प्रतिशतमा धितो कर्जा तथा व्यक्तिगत ओभरड्राफ्ट दिने बैंकले जानकारी दिएको छ।बैंकले यो योजना सीमित समयका लागि ल्याएको पनि जनाएको छ।बैंकले यी योजना सबै शाखाबाट अगाडि बढाउन सकिने जानकारी दिएको छ।
यस योजनाबाट रिटेलर साना तथा मझौला ब्यवसायका ग्राहक लाई सहायता पुग्ने विश्वास बैंकले गरेको छ।सन् १९८४ देखि ग्राहकलाई सेवा प्रदान दिंदै आएको नबिल बैंकका ११८ शाखा, १७५ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु छन्।
