एन आई सी एशिया बैंकका अध्यक्ष अग्रवाल‘प्रबल जनसेवा श्री चतुर्थ’ बाट विभूषित
काठमाडौँ – एन आई सी एशिया बैंकका संचालक समितिका अध्यक्ष तथा विशाल गु्रपका उपाध्यक्ष एवम् प्रतिष्ठित उद्योगी व्यवसायी तुलसीराम अग्रवाल ‘प्रबल जनसेवा श्री चतुर्थ’द्वारा विभूषित हुने भएका छन् । संविधान दिवस २०७७ को अवसरमा राष्ट्रपतिद्धारा विभूषित हुने भएका हुन ।अग्रवालले पाँच दशकदेखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रुपमा एक सफल उद्योगी व्यवसायीको रुपमा राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय टेवा पु¥याएको हुनाले अग्रवाललाई सरकारले विभूषित गर्ने भएको हो । अग्रवाल बैंकको अध्यक्षका साथै हाल विशाल गु्रपको उपाध्यक्ष, मैनावती स्टिल इन्डष्ट्रिजको प्रबन्ध निर्देशक तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रहरूमा गरिमामय भूमिका निर्वाह गर्दै औद्योगिक क्षेत्रमा विशिष्ट योगदान पु¥याउँदै आएका छन । उनीले ख्न फाउण्डेसन मार्फत समाजको हित रक्षाको लागि समेत उल्लेख्य कार्य गर्दै आएका छन ।
