एक दर्जन वाणिज्य बैंकहरुमा क्रस होल्डिङ सेयर
काठमाडौं । हाल सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुमध्ये आधा दर्जन बैंकहरुमा एउटै व्यक्ति तथा व्यावसायिक समूहहरुको क्रस होल्डिङ सेयर रहेको छ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको साउनमा नै परिपत्र जारी गर्दै सबै बैंकहरुलाई क्रस होल्डिङ सेयरबारे जानकारी दिन निर्देशन दिएको थियो । एउटै व्यक्ति तथा समूहको सेयर स्वामित्व रहेको बैंकहरुलाई मर्जर तथा प्राप्तिमा जानको लागि प्रोत्साहित गर्न राष्ट्र बैंकले यस्तो नीति लिएको हो ।
बैैंकिङ क्षेत्रमा अहिले एक दर्जन संस्थाहरुमा क्रस होल्डिङ सेयर रहेको छ । पुुरुषोत्तमलाल संघाई अध्यक्ष रहेको त्रिवेणी ग्रुुपको एनएमबी बैंक र राष्ट्रियस्तरको महालक्ष्मी विकास बैंकमा क्रस होल्डिङ सेयर रहेको छ । जगदीश प्रसाद अग्रवाल अध्यक्ष रहेको व्यावसायिक समूह विशाल ग्रुुपको पनि एनआईसी एसिया बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र एनएमबी बैंकमा क्रस होल्डिङ सेयर रहेको छ । जीतबहादुर श्रेष्ठ अध्यक्ष रहेको एनबी समूहको नेपाल बंगलादेश बैंक (एनबी) र नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) क्रस होल्डिङ सेयर रहेको छ । विनोद चौधरी अध्यक्ष रहेको व्यावसायिक घराना चौधरी ग्रुुपको पनि नबिल बैंक र युुनाइटेड फाइनान्समा क्रस होल्डिङ सेयर रहेको छ । यसैगरी राजेन्द्र खेतान अध्यक्ष रहेको खेतान समूहको लक्ष्मी बैंक र हिमालयन बैंकमा क्रस होल्डिङ सेयर रहेको छ भने पवन कुमार गोल्यान अध्यक्ष रहेको गोल्यान समूहको पनि एनएमबी बैंक र एनआईसी एसिया बैंकमा क्रस होल्डिङ सेयर रहेको छ ।
यसैगरी चन्द्रप्रसाद ढकाल अध्यक्ष रहेको आईएमई समूहको पनि ग्लोबल आईएमई बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा क्रस होल्डिङ सेयर रहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकमा सञ्चालक समितिको अध्यक्ष रहेको पृथ्वी बहादुर पाण्डेको पनि नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकमा क्रस होल्डिङ सेयर रहेको छ । पाण्डे तत्कालीन समयमा हिमालयन बैंकको संस्थापक समेत रहेका थिए । एकाघर परिवारको सदस्यको रुपमा रहेका व्यवसायी प्रबलजंग पाण्डे र प्रतापजंग पाण्डेको नाउँमा पनि सिटिजन्स बैंक र इन्टरनेशनल लिमिटेड र सिभिल बैंकमा क्रस होल्डिङ सेयर रहेको छ भने एकाघर परिवारका सदस्यकै रुपमा रहेका राजेन्द्रदास श्रेष्ठ र राजेश कुमार श्रेष्ठको पनि प्राइम कमर्सियल बैंक र सेञ्चुरी कमर्सियल बैंकमा क्रस होल्डिङ सेयर रहेको छ ।
