Economy News

test

तोकिएकै समयमा क्लिन फिड लागू गर्न नेपाल विज्ञापन संघ ‘आन’ को माग

काठमाडौँ – नेपाल विज्ञापन संघ ‘आन’ले क्लिन फिडलाई तोकिएकै समयमा लागू गर्न माग गरेको छ । आनका अध्यक्ष रविन्द्रकुमार रिजालले आइतबार एक विज्ञप्ती प्रकाशित गर्दै विधेयकमार्फत कानूनी रुपमा अघि बढि सकेको क्लिन फिड नीति आगामी कार्तिक आठ गतेवाट नै लागु गर्न सरकार र सरोकारवाला मन्त्रालयको ध्यानाकर्षण गराएका हुन ।

आनले विज्ञापन वोर्ड गठन तथा विज्ञापन नियमन गर्न बनेको विधेयकको कार्यविधि बनाएर सम्बन्धित मन्त्रालयले अघि बढाउने विश्वास समेत प्रकट गरेको छ । केही सञ्चारमाध्यममा क्लिन फिड सम्वन्धी विरोधाभाषपुर्ण समाचार आएको भन्दै आनले आपत्ति समेत जनाएको छ । सरकारको निर्णय सहित संसदवाट पारित भई राष्ट्रपतिवाट प्रमाणिकरण भएर राजपत्रमा समेत प्रकाशित भैसकेको विज्ञापन विधेयकका विषयमा फरक फरक खाले धारणा प्रकाशित हुनु आफैमा विरोधाभाषपुर्ण भएको अध्यक्ष रिजालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । नेपालमा प्रसारित विदेशी च्यानल विज्ञापनरहित ‘क्लिनफिड’ अनिवार्य गर्नुपर्ने व्यवस्था नयाँ विधेयकमा गरिएको छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us