Economy News

test

के तपाइँ बीमा गर्दै हुनुहुन्छ ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरु

काठमाडौं ।तपाईहरु बीमा गर्ने सोचमा हुनुहुन्छ वा बीमा गरी सक्नुभएको छ भने यी कुराहरु बुझ्न जरुरी हुन्छ । बीमा जोखिम व्यवथापनको एक महत्वपूर्ण औजार हो । बीमितले आफ्नो जीवन, सम्पति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण गर्ने प्रक्रिया नै बीमा हो । मानविय समाजमा विपत्ति, जोखिमका अनेकौँ सम्भावनाहरु जहि तहि रहेका हुन्छन् । जुन विपत्ति, जोखिम अहिले, आज, भरे, भोलि जतिखेर पनि हुन् सक्छ । अथवा दुर्घना अनिश्चित हुन्छ । जोखिम वा आपत विपद कति बेला आउँछ कसैलाई थाहा हुदैन् । त्यसैले पनि बीमा सबै र सधैका लागि अपरिहार्य नै मानिन्छ

अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्न उपयुक्त माध्यम भनेको बीमा हो । अनिश्चित जोखिम, दुघर्टनाले ग्रसित भएका व्यक्ति वा संस्थाले आफ्नो जोखिम अनुरुप निश्चित बीमा शुल्क बुझाई घटना भएमा क्षतिपूर्ति प्राप्त गर्ने शर्त सहित बीमा योजना खरिद गर्न सक्छन् । बीमा दुई पक्ष बीचमा हुने लिखित सम्झौता पनि हो ।

बीमा गर्दा बीमा कम्पनी र बीमा गर्ने व्यक्तिका बीचमा गरिने सम्झौता हो । यस प्रक्रियामा बीमितको जोखिमको क्षतिपूर्तिको भार बीमाको माध्यमबाट बीमकमा हस्तान्तरण गरिन्छ । बीमा निश्चित अवधिका लागी गरिन्छ । उक्त अवधिमा विमितको क्षति भएको कम्पनीले क्षतिपूर्ति भुक्तानी गर्छन् ।

बीमा गर्ने प्रक्रियाको प्रारम्भ बीमाको प्रस्ताव फारम तथा व्यक्तिगत स्वास्थ्य सम्बन्धि विवरणबाट हुन्छ । यस्ता फारमहरु सम्बन्धित बीमा कम्पनिहरुबाट लिनुपर्छ । ती फारमहरु बीमा गर्ने व्यक्ति स्वमले बीमा अभिकर्ता मार्फत पेस गर्न सक्नेछन् । यसरी बीमितले भरेको फारमको प्रस्तावलाई स्वीकार गर्ने नगर्ने भन्ने कुरा बीमक मै भर पर्दछ । यदि बीमितको प्रस्ताव स्वीकार भएमा पहिलो किस्ता बीमा शुल्क भुक्तानी गरेपछि बीमा प्रक्रिया प्रारम्भ हुन्छ । बीमा सम्वन्धि शर्त, सुविधा सहितका सम्पूर्ण कागजातहरु बीमा कम्पनीले बीमितलाईबीमा स्वीकार भए पछि प्रदान गर्दछ ।

तपाईहरु बीमा गर्ने सोचमा हुनुहुन्छ वा बीमा गरी सक्नुभएको छ भने यी कुराहरु बुझ्न जरुरी हुन्छ । बीमितले बीमा गर्दा कुन–कुन कुरामा ध्यान दिनुपर्छ । बीमा नबुझी गर्दा विभिन् समस्याहरु झेल्नुपर्छ त्यसकारण बीमा गर्दा के के कुरामा ध्यान दिने त ?

सर्वप्रथम पहिला बीमा गर्दा बीमा शूल्क तिर्न सकिन्छ वा सकिदैन भन्ने बारेमा ध्यान पुर्याउनुपर्दछ ।

के क–कति आवश्यकताले बीमा गर्न खोजिएका हो र बीमा गरेपछि उक्त उदेश्य पूरा हुन्छ वा हुदैन विश्लेषण गरी सो बारेमा सपष्ट हुनुपर्दछ ।

बीमा अर्भिकर्ता बीमा समितिबाट आधिकारीक रुपमा इजाजत पाएको छ वा छैन सो हेरेर मात्र निजलाई विश्वास गनुपर्दछ ।

कुनै जोखिम सबैभन्दा बढी सम्भाव्य छ र बीमा पश्चात् सो जोखीम सरक्षंण हुन्छ वा हुदैन सोको बारेमा जानकारी हुनुपर्दछ ।

बीमा गरीसके पश्चात् घरको परिवारलाई समेत जानकारी दिनुपर्छ वा आफूले ईच्छाइएको व्यक्तिलाई भए पनी जानकारी दिनुपर्दछ ।

बीमा गरिसकेपछि बीमालेखमा उल्लिखित सम्पूर्ण विवरण सर्त, सुविधा र अन्य प्राबधान होसियार पूर्वक पढ्नुपर्दछ ।

बीमा सम्बन्धि सम्पूर्ण कागजातहरु सुरक्षित साथ राख्नुपर्दछ ।

बीमाको नीति नियमहरु परिवर्तन हुनसक्छ त्यसैले त्यसका बारेमा जानकारी लिइराख्नु पर्दछ ।

बीमा शूल्क भुक्तानी गरिसकेपछि अनिवार्य रुपमा नगद बुझाएको भर्पाइ लिएर सुरक्षित राख्नुपर्दछ । साथै नवीकरणको मिति ख्याल गरी सो समयमा नवीकरणका बीमा शूल्क भुक्तानी गनुपर्छ ।

बीमा गर्दा बीमाको विषयवस्तुसँग हुने तथ्यहरु सपष्ट रुपमा खुलाउनुपर्दछ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us