सनराइजको २४ घण्टामा एसएमई कर्जा
साउन ५ मा नयाँ ब्याजदर सार्वजनिक गरेको सनराइज बैंकले ९.९५ प्रतिशतमै सरल एसएमई कर्जा दिने भएको छ । आफूसँग ज्ञान, सीप, क्षमता र उद्यमशीलता भएका तर पूँजीको अभावले उद्यम तथा व्यवसाय सञ्चालन तथा विस्तार गर्न असमर्थ साना व्यवसायीलाई सहज तथा सरल ढंगले तत्कालै कर्जा उपलब्ध गराउने उद्देश्यले सनराइज बैंक लिमिटेडले ‘सन्राइज सरल एसएमई कर्जा’ ९।९५५ वार्षिक ब्याज दरमा दिने भएको बैंकले जनाएको छ । बैंकले उक्त कर्जा २४ घण्टामैदिने जनाएको छ ।
उक्त योजना अन्र्तगत ग्राहकले कर्जा लिन आवश्यक सम्पूर्ण कागजात बैंकमा पेश गरेको २४ कार्य घण्टामै ग्राहकलाई कर्जा प्रवाह गर्ने व्यवस्था बैंकले मिलाएको छ । यस व्यवस्था अन्र्तगत ग्राहकले एक करोड सम्मको कर्जा सहुलियत ब्याज दरमा प्राप्त गर्न सक्नेछन् । यस्तै बैंकले कर्जाको लागि प्रचलित धितो आवश्यकताको लागि समेत केहि छुट प्रदान गर्नका साथै यस्तो सुविधा उपयोग गर्ने व्यवसायसँग सम्बन्धित व्यक्तिहरुले निःशुल्क क्रेडिट कार्डको सुविधा समेतको लाभ उठाउन सक्नेछन् ।
