Economy News

test

चालु आर्थिक बर्षको पहिलो दुई महिनाको विकास खर्च ५ अर्ब मात्रै, चालु खर्च भने ६५ अर्ब

काठमाडौं ।चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन-भदौ) मा  पूँजीगत खर्च  भर्खरै ४ अर्ब ७१ करोड ३६ लाख रुपैयाँ मात्र रहेको छ । चालु खर्च लक्ष्यको ६.८२ प्रतिशत र पूँजीगत खर्च भने लक्ष्यको मात्र १.३ प्रतिशत खर्च भएको हो । अर्थ मन्त्रालयका अनुसार कोरोना भाइरसको नियन्त्रण तथा रोकथाममा अपनाइएका उपायका कारण विकास निर्माणका काम अवरुद्ध भएका थिए ।

यसले खर्चमा समेत प्रभाव पार्छ । अर्कोतर्फ साउन र भदौ महिना प्रक्रियागत रुपमा समेत काम र भुक्तानीभन्दा बढी कागजी प्रक्रियामा बित्ने गर्छ । यो दुई महिनामा वित्तीय व्यवस्थातर्फ भने १ अर्ब ५७ करोड २८ लाख रुपैयाँ मात्र खर्च भएको छ । यो कुल लक्ष्यको ०.९१ प्रतिशत हो ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन-भदौ) मा कुल बजेट खर्च ७० अर्ब ९७ करोड ८९ लाख रुपैयाँ पुगेको छ । साउनमा भने सरकारले प्रणाली सुधारको काम जारी रहेका कारण धेरै भुक्तानी रोकिएको बताएको थियो । तर, भदौमा खर्च बढेको छ । तथ्यांक अनुसार भदौसम्म चालु खर्च ६४ अर्ब ६९ करोड रुपैयाँ रहेको छ ।

राजस्वतर्फ दुई महिनामा संकलन १ खर्ब नाघेको छ । दुई महिनामा कुल १ खर्ब ५ अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यो कुल लक्ष्यको १०।४ प्रतिशत प्रगति हो । यो वर्ष सरकारले १० खर्ब ११ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ ।

दुई महिनामा भन्सार विभागले ४७ अर्ब ८३ करोड उठाएको हो भने बाँकी आन्तरिक राजस्व हो । महामारीको बीचमा समेत दुई महिनामा उठेको राजस्व संकलनको गति भने तुलनात्मक रुपमा राम्रो मानिएको छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us