Economy News

test

संचालनमा आयो चन्द्रागिरि केबलकार

काठमाडौं – चन्द्रागिरि केबलकार बिहीबारदेखि संचालनमा आएको छ। स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर केबलकार संचालनमा ल्याइएको चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले बताए। उनका अनुसार ५० प्रतिशत मात्रै यात्रु राखेर केबलकार संचालन भइरहेको छ। ‘हामीले एउटा गोन्डालामा चार जना मात्रै यात्रु राखेर केबलकार चलाइरहेका छौं,’ उनले भने, ‘सबै ३८ वटा नै गोन्डोला९डिब्बा० चल्न थालेको छ।शाहका अनुसार केवलकार चढ्नका लागि इन्क्वाइरी आइरहेको छ। ‘कोरोना संक्रमण नियन्त्रणका लागि ६ महिनादेखि घरभित्रै बन्दाबन्दी भएर बस्नुपरेको थियो। त्यसैले केबलकार संचालनमा आउने भनेपछि धेरै फोन कलहरु आएका छन्,’ शाहले भने, ‘त्यसैले यात्रुहरुको फूटफल बढी हुने अपेक्षा गरेका छौं।’केबलकार टप स्टेशन नजिकै रहेको चन्द्रागिरि हिल्स रिसोर्टसमेत खुलिसकेको छ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us