Banking News

test

यो वर्ष नेपालको आर्थिक वृद्धि १.५ प्रतिशत मात्र हुने एडीबीको प्रक्षेपण

काठमाडौं ।यो वर्ष १.५ प्रतिशत मात्र आर्थिक वृद्धि कायम हुने अनुमान विकास साझेदारी एसियाली विकास बैंक (एडीबी) ले गरेको छ । एडीबीले गत अप्रिलमा सन् २०२१ को पहिलो प्रक्षेपणमा ६.४ प्रतिशतको आर्थिक वृद्धिको अनुमान गरिएको थियो । तर, त्यसपछि कोरोना भाइरसको विश्वव्यापी महामारी र त्यसको नियन्त्रणका लागि सरकारले अपनाएका निरोधात्मक कदमका कारण त्यसपछि भने आर्थिक गतिविधिहरु खुम्चन पुगे ।

त्यसपछि एडीबीले जुन २०२१ मा ३.१ प्रतिशतको आर्थिक वृद्धिको अनुमान एडीबीले गरेको थियो । तर, मंगलबार तेस्रो प्रक्षेपण गर्दै सरकारले ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर हुने अनुमान गरेको  एसियाली विकास बैंकले यो वर्ष १।५ प्रतिशतको मात्र आर्थिक वृद्धि हुने अनुमान एडीबीले गरेको छ ।

बैंकले आज मंगलबार इकोनोमिक आउटलुकमार्फत एसियाली मुलुकहरुबारे आर्थिक वृद्धिको प्रक्षेपण गरेको हो । उता, विश्वबैंकले केही समय अगाडी गरेको अनुमान २.१ प्रतिशत आर्थिक वृद्धिको छ । यी दुई निकायले गरेको अनुमान सरकारको लक्ष्यभन्दा निकै कम पाइएको छ ।

गत वर्ष २।३ प्रतिशत मात्र

अघिल्लो आर्थिक वर्ष २०७६-७७ मा सरकारले २.२७ प्रतिशतको आर्थिक वृद्धिको अनुमान गरेको थियो । एडीबीको प्रक्षेपण समेत केही न केही मिल्ने देखिएको छ ।

एडीबीको तथ्यांक अनुसार सन् २०२० मा २।३ प्रतिशतको मात्र आर्थिक वृद्धि हुनेछ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us