Economy News

test

सञ्चालनमा आयो सार्वजनिक सवारीसाधन

काठमाडौं । झण्डै चार महिनादेखि थन्किएका सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आज करिव आधा सवारीसाधन सञ्चालन भएको जानकारी दिएको छ । पहिलो दिन बिहानैदेखि बस, मिनिबस, माइक्रो, टेम्पोलगायतका सवारीसाधन सञ्चालनमा आए पनि तीनमा यात्रु कम मात्रै देखिएको छ । अहिलेका लागि मर्मत भएका सवारीसाधन सञ्चालन भए पनि आगामी दिनमा थप सवारी साधन सडकमा आउने महासङ्घले जनाएको छ ।

 

सरकारले सार्वजनिक सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको झण्डै दुई सातापछि मात्रै मजदूर र महासङ्घले सवारी साधन सञ्चालनको निर्णय गरेका थिए । अझै कतिपय गाडी ग्यारेजमा नै थन्किएर रहेको महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो । उहाँका अनुसार मर्मतपछि बाँकी सवारी साधन पनि सञ्चालनमा आउनेछन् ।

 

चालक र सहचालकलाई आवश्यक स्वास्थ्य सावधानीका सामग्री व्यवसायीले उपलब्ध गराएका छन् भने यात्रुलाई पनि माक्स अनिवार्यरुपमा लगाउनुपर्ने भनिएको छ । उहाँले भन्नुभयो, “सबै निकायले तोकिएको दायित्व पूरा गरेपछि सुरक्षित हुन सकिन्छ ।” सरकारले साउनभर एउटा जिल्लाभित्र वा एउटा जिल्लाबाट अर्काे जिल्लामा सवारसाधन चलाउन पाउने निर्णय गरेको छ । यातायात व्यवसायीले भने सबै रुट खुल्ला गर्नुपर्ने भन्दै यातायात व्यवस्था बिभागमा भनिरहेका छन् । महासचिव सिटौलाले भन्नुभयो, “कोह व्यक्ति नौबिसे आएर काठमाडौँ आउन नपाउने गर्नु हुँदैन ।”

 

यसअघि सरकार र व्यवसायीबीच यातायात श्रमिकको समूह कोरोना बीमाका लागि नेपाल सरकारले ५० प्रतिशत र सम्बन्धित व्यवसायीले ५० प्रतिशत बीमाङ्क रकम उपलब्ध गराउने सहमति भएको थियो । त्यस्तै, यातायात श्रमिकको कोरोनाको कारण मृत्यु भएमा आश्रित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनका लागि सरकारको तर्फबाट कोष स्थापना गराउने सहमति भएको थियो । त्यस्तै, श्रमिकको आवश्यक माक्स, पञ्जा, स्यानिटाजर र पिपिई व्यवसायीले नै उपलब्ध गराउने सहमति भएको छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us