नेपाल बैंकद्वारा विशेष सभा आह्वान
काठमाडौँ । नेपाल बैंक लिमिटेडले विशेष साधारणसभाको आह्वान गरेको छ । बैंकले यही असोज १९ गते विशेष साधारणसभाको आह्वान गरेको हो । बैंकले उक्त सभामार्फत सञ्चालक समितिको छनौटसम्बन्धी विद्यमान व्यवस्थालाई संसोधन गर्ने तयारी गरेको छ । विशेष साधारणसभासम्बन्धी प्रयोजनको लागि बैंकको यही असोज आठ गते एक दिन सेयर दर्ता किताब बन्द हुनेछ।
